काठमाडौं– नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने भएको छ।
स्रोतकाअनुसार स्वास्थ्य परीक्षणपछि ओलीलाई २ नम्बर गणमा लगिने तयारी गरिएको छ भने लेखकलाई यसअघि नै त्यहाँ पुर्याइसकिएको छ।
ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो। आज बिहान गुण्डुस्थित निवासबाट पक्राउ परेका उनलाई केही समय प्रहरी परिसर भद्रकालीमा राखेर टिचिङ अस्पताल लगिएको हो।
आज शनिबार सार्वजनिक बिदा परेकाले उनीहरूलाई आइतबार मात्रै अदालतमा पेस गरिने प्रहरीले जनाएको छ।