जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनको निर्णयप्रति एमालेका २३ भ्रातृ संगठनको विरोध

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १३ चैत, २०८२
७ महिनाअघि

काठमाडौं – नेकपा एमालेसँग आवद्ध २३ वटा भ्रातृ संस्थाहरूले संयुक्त वक्तव्य जारी गर्दै जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति कडा विरोध जनाएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले उक्त प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेसँगै एमाले निकट संगठनहरू असन्तुष्ट बनेका हुन्।

Advertisement

वक्तव्यमा भदौ २३ र २४ गतेको प्रदर्शनपछि भएको जनधनको क्षतिसम्बन्धी छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

आयोगले जेनजी आन्दोलनका क्रममा ७६ जनाको ज्यान जाने घटनामा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सहितलाई जिम्मेवार ठहर गर्दै ज्यान मुद्दामा अनुसन्धान अघि बढाउन सिफारिस गरेको थियो।

यसै विषयलाई लिएर एमालेका भ्रातृ संगठनहरूले आपत्ति जनाउँदै निष्पक्ष अनुसन्धानबिना कुनै पनि कदम चालिए पूर्वाग्रहपूर्ण हुने बताएका छन्। “सबै पक्षको निष्पक्ष अनुसन्धान बिना चालिने कदमले फौजदारी न्याय प्रणालीमाथि नै प्रश्न उठाउँछ,” वक्तव्यमा उल्लेख छ।

संगठनहरूले तथाकथित पूर्वाग्रही भन्दै कार्की आयोग खारेज गर्न र मन्त्रिपरिषद्को निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्। अन्यथा, आवश्यक प्रतिरोधका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनीसमेत दिएका छन्।

सरकारले जेनजी आन्दोलनका घटनाको छानबिनका लागि पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा, तीन प्रदेशका हिमाली क्षेत्रमा रेड अलर्ट

बुधबार १२ कार्तिक, २०८३
५ घण्टाअघि

अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न गोकुल बाँस्कोटाको माग

बुधबार १२ कार्तिक, २०८३
६ घण्टाअघि

राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान

सोमबार १० कार्तिक, २०८३
२ दिनअघि
Vitamin a

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

सोमबार १० कार्तिक, २०८३
२ दिनअघि

पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध

शुक्रबार ७ कार्तिक, २०८३
५ दिनअघि

नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

शुक्रबार ७ कार्तिक, २०८३
५ दिनअघि
चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा, तीन प्रदेशका हिमाली क्षेत्रमा रेड अलर्ट
बुधबार १२ कार्तिक, २०८३
अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न गोकुल बाँस्कोटाको माग
बुधबार १२ कार्तिक, २०८३
राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०