एक दशकभन्दा बढी समय पत्रकारिता गरेकी रावल सामान्य प्रशासन मन्त्री

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १३ चैत, २०८२
४ महिनाअघि

रास्वपाकी सहप्रवक्ता प्रतिभा रावल सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेकी छन् । उनी समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमध्ये रास्वपाले १० क्षेत्रमा जित हासिल गरेको थियो ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा जित हासिल गरेर चर्चामा आएका डा. तारा जोशी मन्त्री बन्न सक्ने अनुमान गरिएको थियो । यस्तै, कैलाली-२ बाट निर्वाचित केपी खनाल तथा कैलाली-५ का डा. आनन्द चन्दको नाम पनि आएको थियो । तर, उनीहरू कोही पनि मन्त्री बनेनन् । उनीहरूलाई पछि पर्दै रावल समानुपातिकतर्फ बाट सामान्य प्रशासन मन्त्री बनिन् ।

उनी एक दशकभन्दा बढी समय पत्रकारिता गरेकी रावलले साउथ एसिया फ्याक्ट चेक, रिपब्लिका दैनिक र ग्यालेक्सी फोरके टेलिभिजनमा काम गरेकी छन् । रवि लामिछाने गृहमन्त्री हुँदा उनको सचिवालयमा रहेर काम गरेकी थिइन् । लामिछानेलाई उनले कानूनी पाटोमा निकै सहयोग गरेकी छन् ।

रास्वपाभित्र उनी शालिन र जुझारु नेतृको रूपमा परिचित छिन् । रास्वपा गठनको सुरुआतदेखि नै सक्रिय रहँदै आएकी रावल पहिलो प्रयासमै कार्यपालिकामा पुग्न सफल भएकी छन् । यसअघि उनको नाम सभामुखका लागि समेत चर्चामा आएको थियो । अब उनी मन्त्री बनेसँगै सभामुखमा उपसभापति डीपी अर्याललाई पठाउने तयारी गरेको छ ।

प्रकाशित समय: शुक्रबार १३ चैत, २०८२, १७:४०:५१
हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह
आईतबार १७ साउन, २०८३
निम्स दाइको निधनमा गाउँपालिकाद्वारा शोक बिदा घोषणा
आईतबार १७ साउन, २०८३
इरानमाथिको आक्रमण स्थगित गरेको ट्रम्पको दाबी
आईतबार १७ साउन, २०८३
जीवन विकास सामुदायिक अस्पतालमा रक्तदान, ५४ युनिट रगत संकलन
आईतबार १७ साउन, २०८३
विश्व स्तनपान सप्ताह आजदेखि सुरु
शनिवार १६ साउन, २०८३
सुनसरीमा कर्फ्यु हट्यो, विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी
शनिवार १६ साउन, २०८३
गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले १० लाख दिने
शुक्रबार १५ साउन, २०८३
भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
शुक्रबार १५ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०