छानबिन समिति समक्ष के बयान दिएका थिए बालेन शाहले ?

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ११ चैत, २०८२
४ महिनाअघि

काठमाडौं । बालेन शाहले २३ भदौमा भएको जेन–जीको शान्तिपूर्ण र्‍यालीमा आफ्नो समर्थन रहेको तर आन्दोलनमा संलग्न नरहेको बताएका छन्। उनले गौरीबहादुर कार्की आयोग समक्ष दिएको बयानमा यस्तो उल्लेख गरेका हुन्।

बयानअनुसार २३ र २४ भदौमा उनी लैनचौरस्थित सरकारी निवासमै रहेका थिए। ‘२३ गतेको शान्तिपूर्ण र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन,’ उनले बताएका छन्।

व्यवसायी तथा रेष्टुरेन्ट सञ्चालकहरूको आग्रहमा महानगर प्रहरी बलले पानी वितरण गरेको दाबी पनि उनले गरेका छन्। स्थिति तनावपूर्ण बन्दै गएको जानकारी आफूले सञ्चार माध्यमबाट पाएको र सामाजिक सञ्जालमार्फत संयमता अपनाउन अपिल गरेको उनले बताएका छन्।

घटनापछि महानगर प्रहरी र अन्य निकायसँग समन्वय गरी घाइते तथा मृतकका परिवारलाई सहयोग गरिएको पनि उनले उल्लेख गरेका छन्।

२४ भदौको घटना दुःखद भएको भन्दै उनले अत्यधिक बल प्रयोगका कारण अवस्था जटिल बनेको टिप्पणी गरेका छन्। साथै काठमाडौं महानगरपालिकाले समयमै दमकल परिचालन गरी आगलागी नियन्त्रण गरेको दाबी गरेका छन्।

उनका अनुसार राष्ट्रपति र सेनापतिको आग्रहमा आन्दोलनलाई शान्त पार्न आफूले भूमिका खेलेका थिए। उनले घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकार र सहभागी दलहरूले लिनुपर्ने बताएका छन्।

प्रकाशित समय: बुधबार ११ चैत, २०८२, १४:५४:०४
हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह
आईतबार १७ साउन, २०८३
निम्स दाइको निधनमा गाउँपालिकाद्वारा शोक बिदा घोषणा
आईतबार १७ साउन, २०८३
इरानमाथिको आक्रमण स्थगित गरेको ट्रम्पको दाबी
आईतबार १७ साउन, २०८३
जीवन विकास सामुदायिक अस्पतालमा रक्तदान, ५४ युनिट रगत संकलन
आईतबार १७ साउन, २०८३
विश्व स्तनपान सप्ताह आजदेखि सुरु
शनिवार १६ साउन, २०८३
सुनसरीमा कर्फ्यु हट्यो, विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी
शनिवार १६ साउन, २०८३
गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले १० लाख दिने
शुक्रबार १५ साउन, २०८३
भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
शुक्रबार १५ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०