रवि लामिछानेको मुद्दामा सर्वोच्चमा आज पनि सुनुवाइ

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १० चैत, २०८२
६ महिनाअघि

काठमाडौं – सर्वोच्च अदालतमा रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णयविरुद्ध दायर रिटमाथि आज (मंगलबार) पनि निरन्तर सुनुवाइ हुने भएको छ।

न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ भइरहेको उक्त रिट सोमबार पनि नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो। यसअघि लगातार चार दिनसम्म सुनुवाइ भइसकेको छ। सोमबार रिट निवेदकतर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले बहस गरेका थिए। अब प्रतिवादी पक्षबाट बहस हुने क्रम रहेको छ।

Advertisement

महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने निर्णय गरेपछि त्यसलाई बदर गर्न माग गर्दै युवराज सफल, दिनेश त्रिपाठी र आभास रेग्मीले रिट दायर गरेका हुन्।

यसअघि सर्वोच्चले महान्यायाधिवक्ताको कार्यालयलाई माघ २ गतेको निर्णयसहित सम्बन्धित कागजातहरू पेश गर्न आदेश दिएको थियो। सोही आधारमा सुनुवाइ जारी रहेको हो।

लामिछाने विभिन्न सहकारी ठगी प्रकरणमा मुछिएका थिए, जहाँ उनीविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दासमेत दायर गरिएको थियो। पछि महान्यायाधिवक्ताको कार्यालयले अभियोगपत्र संशोधन गर्दै ती कसुर हटाउने निर्णय गरेको थियो, जसले कानुनी क्षेत्रमा बहस र विवाद सिर्जना गरेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०