काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा एभर्टनले चेल्सी माथि शानदार ३–० को जित हासिल गरेको छ।
घरेलु मैदान हिल डिकिन्सनमा भएको खेलमा एभर्टनका बेटोले दुई गोल गर्दा इलिमान एनिदाएले एक गोल गरे।
खेलको ३३औं मिनेटमा बेटोले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने ६२औं मिनेटमा पुनः गोल गर्दै अन्तर दोब्बर बनाए। ७६औं मिनेटमा एनिदाएले गोल थप्दै एभर्टनलाई सहज जित दिलाए।
चेल्सीले १० शटमध्ये चारवटा टार्गेटमा राखे पनि एभर्टनको रक्षापंक्तिलाई भेद्न सकेन।
जितसँगै एभर्टन ३१ खेलबाट ४६ अंकसहित आठौं स्थानमा उक्लिएको छ भने चेल्सी समान खेलबाट ४४ अंकसहित छैटौं स्थानमा यथावत् रहेको छ।
अन्य खेलमा लिड्स युनाइटेड र ब्रेन्टफोर्ड बीच गोलरहित बराबरी हुँदा फुलहमले बर्नली लाई ३–१ ले हराएको छ।