प्रधानमन्त्रीलाई जेन-जी अभियन्ता बमको प्रश्न-शान्तिपूर्ण आन्दोलनमा गोली चलाउने आदेश कसले दियो ?

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ७ चैत, २०८२
५ महिनाअघि

विराटनगर । जेन-जी आन्दोलनकी अभियन्ता रक्षा बमले आन्दोलनसँग जोडिएका घटनाबारे सत्य तथ्य सार्वजनिक गर्न एवं आफूहरुमाथि लागेका आरोपको जवाफ दिन प्रधानमन्त्री सुशीला कार्कीसँग माग गरेकी छन् ।

उनले शनिबार सामाजिक सञ्जालमा लेख्दै भदाै २३ र २४ काे शान्तिपूर्ण आन्दोलन एकाएक हिंसात्मक भई गोली चलाउने आदेश कसले दियो भन्दै प्रश्न गरेकी छन् ।

उनले लेखेकी छिन्, ‘म यो पनि जान्न चाहन्छु कि हाम्रो शान्तिपूर्ण आन्दोलन एकाएक हिंसात्मक कसरी भयो ? गोली चलाउने आदेश कसले दियो ।’

पछिल्लो समय सडक र सामाजिक सञ्जालमा आफूहरूमाथि गम्भीर आरोप र दुर्व्यवहार भइरहेको भन्दै त्यसप्रति सरकार मौन बस्न नहुने उनले बताएकी छन् ।

उनले आन्दोलनमा संलग्न व्यक्तिमाथि विभिन्न आरोप लगाइँदै आएको भन्दै आरोपहरूको सत्यता प्रस्ट पार्न गौरीबहादुर कार्की आयोगको आधिकारिक प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेकी छन् ।

उनले लेखेकी छिन,‘प्रधानमन्त्रीज्यू, मेरो हातमा रगत लागेको छ कि छैन, म त्यो जान्न चाहन्छु । म त्यो जान्न चाहन्छु। म कतैबाट परिचालित छु कि छैन, यी सबै प्रश्नहरूको उत्तर म पनि जान्न चाहन्छु। कृपया प्रतिवेदन सार्वजनिक गरिदिनुहोस्। त्यो तपाईको जिम्मेवारी हो ।’

उनले आफूहरूमाथि लागेको आरोपबारे स्पष्टता खोज्दै ‘मेरो हातमा रगत लागेको छ कि छैन, म जान्न चाहन्छु,’ भन्ने प्रश्न समेत उठाएकी छन् ।

उनी भदौ २३ मा भएको जेन-जी विद्रोहकी अगुवा हुन् ।

प्रकाशित समय: शनिवार ७ चैत, २०८२, १२:३१:३१
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०