विराटनग । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने भएको छ ।
बैठकमा पार्टी सभापति गगन थापाको राजीनामा र प्रतिनिधिसभा निर्वाचनको समीक्षा हुनेछ। उपसभापति विश्वप्रकाश शर्माले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने संकेत दिएका छन्।
निर्वाचनमा पार्टीले व्यहोरेको हारको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले बुधबार शर्मालाई राजीनामा बुझाएका थिए।
सभापतिले राजीनामा उपसभापतिलाई बुझाउनुपर्ने र उपसभापतिले केन्द्रीय कार्यसमिति बैठकमा त्यसलाई प्रस्तुत गर्नुपर्ने व्यवस्था पार्टी विधानमा छ।