विराटनगर । फागुन २१ गते सम्पन्न निर्वाचनबाट बनेको संघीय संसदको पहिलो अधिवेशन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आह्वान गर्ने भएको छ ।
संघीय संसद्को पहिलो अधिवेशन आह्वानका लागि प्रधानमन्त्री कार्कीले आज मन्त्रिपरिषद् बैठक बोलाएकी छन् ।
चैत १६ गतेका लागि अधिवेशन आह्वान गरिने छ । यसअघि अन्तरिम सरकारले अधिवेशन आह्वान गर्ने कि नयाँ सरकारले अधिवेशन आह्वान गर्ने भन्नेमा अन्योल थियो ।
सरकारका तर्फबाट अनौपचारिक रूपमा चैत १६ गतेका लागि अधिवेशन आह्वान हुने भएकाले तयारी गर्न भन्दै संघीय संसद सचिवालयलाई जानकारी गराइएको सचिवालयका एक पदाधिकारीले जानकारी दिए ।