विराटनगर । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७ हजार ८ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय तोकेको जनाएको छ । बिहीबार सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १ सय १५ रुपैयाँले घटेर ४ हजार ८ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।