चैत १३ मा प्रधानमन्त्री नियुक्तिको तयारी , कसलाई कुन मन्त्रालय ?

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ६ चैत, २०८२
५ महिनाअघि

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चैत १३ गते प्रधानमन्त्री नियुक्ति गर्ने तयारी गरेको छ। पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार यससम्बन्धी जानकारी संवैधानिक निकायहरूमा पठाइसकिएको छ।उनका अनुसार प्रधानमन्त्री चयनअघि नै पार्टीले संसदीय दलको नेता टुंग्याउनेछ। प्रधानमन्त्रीमा बालेन्द्र शाह लाई अघि सार्ने निर्णय यसअघि नै भइसकेको छ।

दरबारमार्गस्थित होटल रोयल सिंगेमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह र उपसभापतिद्वय स्वर्णिम वाग्ले तथा डोलप्रसाद अर्यालबीच भएको छलफलमा बढीमा १८ सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी भएको जनाइएको छ। रास्वपा स्रोतकाअनुसार सम्भावित मन्त्रिमण्डलमा लामिछाने पक्षबाट १० र बालेन पक्षबाट ८ जना मन्त्री रहने गरी छलफल भएको छ। प्रधानमन्त्रीको शपथकै दिन केही मन्त्रीहरूले पनि शपथ लिने तयारी गरिएको छ भने बाँकी मन्त्रालयहरू योग्यता, क्षमता र दक्षताका आधारमा टुंग्याइने बताइएको छ।

पार्टीभित्र उपसभापति अर्याललाई गृहमन्त्री तथा वाग्लेलाई अर्थमन्त्री बनाउने चर्चा छ। त्यस्तै परराष्ट्र मन्त्रालयका लागि शिशिर खनाल र अमरेशकुमार सिंह, कानुनका लागि सोविता गौतम, पर्यटनका लागि धनञ्जय रेग्मी, विराजभक्त श्रेष्ठ र सुम्निमा उदासको नाम चर्चामा छन्।

यसैगरी शिक्षामन्त्रीमा सस्मित पोखरेल, सञ्चारमा जगदीश खरेल र मनिष झा, भौतिक पूर्वाधारमा सुधन गुरुङ तथा स्वास्थ्यमा तोसिमा कार्की र लेखजंग थापाको नाम चर्चामा रहेको छ।

रास्वपाले यसपटक झण्डै दुईतिहाइ नजिकको सिट जित्दै सरकार गठनको तयारी गरेको छ। यसैबीच निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदलाई प्रमाणपत्र वितरण गरिसकेको छ भने संघीय संसद सचिवालय ले सर्वदलीय बैठक आह्वान गरिसकेको छ।

प्रकाशित समय: शुक्रबार ६ चैत, २०८२, ०९:५२:३४

सम्बन्धित खबर

सिन्धुलीमा बससँग ठोक्किएर कार सुनकोशी नदीमा खस्यो, उद्धार कार्य जारी

सोमबार १८ साउन, २०८३
१० घण्टाअघि

मलेसिया रोजगारीमा सिन्डिकेट गराउने प्रयासमा मन्त्रालयको संलग्नता छैन : श्रम मन्त्रालय

सोमबार १८ साउन, २०८३
११ घण्टाअघि

सुस्तामा नेपाली–भारतीय पक्षबिच हुने भनिएको छलफल स्थगित

सोमबार १८ साउन, २०८३
११ घण्टाअघि

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

सोमबार १८ साउन, २०८३
१२ घण्टाअघि

राष्ट्रियसभाको बैठक बस्दै, प्रधानमन्त्रीले मधेशी आयोगको प्रतिवेदन पेस गर्ने

सोमबार १८ साउन, २०८३
१३ घण्टाअघि

सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

सोमबार १८ साउन, २०८३
१३ घण्टाअघि
सिन्धुलीमा बससँग ठोक्किएर कार सुनकोशी नदीमा खस्यो, उद्धार कार्य जारी
सोमबार १८ साउन, २०८३
मलेसिया रोजगारीमा सिन्डिकेट गराउने प्रयासमा मन्त्रालयको संलग्नता छैन : श्रम मन्त्रालय
सोमबार १८ साउन, २०८३
सुस्तामा नेपाली–भारतीय पक्षबिच हुने भनिएको छलफल स्थगित
सोमबार १८ साउन, २०८३
नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै
सोमबार १८ साउन, २०८३
राष्ट्रियसभाको बैठक बस्दै, प्रधानमन्त्रीले मधेशी आयोगको प्रतिवेदन पेस गर्ने
सोमबार १८ साउन, २०८३
सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ
सोमबार १८ साउन, २०८३
हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह
आईतबार १७ साउन, २०८३
निम्स दाइको निधनमा गाउँपालिकाद्वारा शोक बिदा घोषणा
आईतबार १७ साउन, २०८३
इरानमाथिको आक्रमण स्थगित गरेको ट्रम्पको दाबी
आईतबार १७ साउन, २०८३
जीवन विकास सामुदायिक अस्पतालमा रक्तदान, ५४ युनिट रगत संकलन
आईतबार १७ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०