नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते, निर्धारित समयभन्दा दुई घन्टा अगावै उपस्थित हुनुपर्ने 

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ६ चैत, २०८२
४ महिनाअघि

 काठमाडौं – नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम चैत १२ गते बिहीबार हुने भएको छ। संघीय संसद सचिवालयले शुक्रबार सूचना जारी गर्दै शपथ कार्यक्रमको मिति र प्रक्रिया सार्वजनिक गरेको हो।

सचिवालयका अनुसार शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा आयोजना हुनेछ। कार्यक्रममा सहभागी हुन सांसदहरूलाई निर्धारित समयभन्दा कम्तीमा दुई घन्टा अगावै उपस्थित हुन आग्रह गरिएको छ।

Advertisement

शपथका लागि उपस्थित हुने सांसदहरूले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्र (सक्कल तथा प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रति अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।

सचिवालयले सांसदहरूलाई औपचारिक पोशाक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित हुन पनि अनुरोध गरेको छ।

यस्तै, नेपाली भाषा बाहेक अन्य मातृभाषामा शपथ लिन इच्छुक सांसदहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची–३ अनुसारको शपथको व्यहोरा सम्बन्धित भाषामा अनुवाद गरी शपथ कार्यक्रमभन्दा कम्तीमा तीन दिन अगावै सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा वा इमेलमार्फत बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

सचिवालयले शपथ कार्यक्रमलाई व्यवस्थित र सहज बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा गर्न सांसदहरूलाई समयमै समन्वय गर्न आग्रह गरेको छ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

भारत ‘ए’ विरुद्ध नेपालले टी–२० सिरिज खेल्ने
शुक्रबार २६ असार, २०८३
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी
शुक्रबार २६ असार, २०८३
कर्णाली नदीमा भेटियो दुई जनाको शव
शुक्रबार २६ असार, २०८३
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास
बिहिबार २५ असार, २०८३
२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?
बिहिबार २५ असार, २०८३
सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा बरामद
बिहिबार २५ असार, २०८३
दुहबीमा लोपोन्मुख पञ्चे बाजा बजाउने तालिम सम्पन्न
बिहिबार २५ असार, २०८३
शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान
बिहिबार २५ असार, २०८३
मुख्यसचिवमा गोविन्द कार्की नियुक्त
बुधबार २४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०