लियोनल मेसी को ९०० गोल पूरा, विश्व फुटबलमा ऐतिहासिक कीर्तिमान

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ५ चैत, २०८२
२ हप्ताअघि

काठमाडौं – अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले आफ्नो करियरमा ९०० गोल पूरा गर्दै विश्व फुटबलमा नयाँ इतिहास रचेका छन्। इन्टर मियामी बाट खेल्दै उनले कन्काकाफ च्याम्पियन्स कपअन्तर्गत न्यासभिल एससी विरुद्ध खेलको सातौं मिनेटमै गोल गर्दै यो उपलब्धि हासिल गरेका हुन्।

३८ वर्षीय मेसी ९०० गोलको कीर्तिमान छुने इतिहासकै दोस्रो खेलाडी बनेका छन्। यसअघि क्रिस्टियानो रोनाल्डोले यो उपलब्धि हासिल गरिसकेका छन्। मेसीले आफ्नो करियरमा बार्सिलोना, पेरिस सेन्ट-जर्मेन, अर्जेन्टिना राष्ट्रिय टोली र हाल इन्टर मियामीबाट खेल्दै गोल गरेका छन्।

बार्सिलोनाबाट १७ वर्षमा उनले ६७२ गोल गर्दै १० ला लिगा र ४ च्याम्पियन्स लिगसहित थुप्रै उपाधि जितेका थिए। त्यसपछि पेरिस सेन्ट-जर्मेनमा दुई सिजन खेल्दा ७५ खेलमा ३२ गोल गरेका थिए, जहाँ उनले नेयमारकिलियन एमबाप्पेसँग आक्रामक ‘ट्रायो’ बनाएका थिए।

सन् २०२३ मा इन्टर मियामीमा आबद्ध भएपछि उनले ९२ खेलमा ८१ गोल गर्दै टोलीलाई उपाधि जिताउन महत्वपूर्ण योगदान दिएका छन्।अन्तर्राष्ट्रिय स्तरमा मेसीले अर्जेन्टिनाका लागि १९६ खेलमा ११५ गोल गर्दै टोलीलाई विश्वकप जिताएका छन्।

तथ्यांकअनुसार उनका ९०० गोलमध्ये ७५५ बायाँ खुट्टाबाट, १११ दायाँ खुट्टाबाट, ३० हेडमार्फत र ४ अन्य तरिकाबाट आएका छन्। उनले ११२ पेनाल्टी र ७० फ्रि–किकबाट गोल गरेका छन्।

मेसी र रोनाल्डो मात्र पुरुष फुटबल इतिहासमा ९०० गोल पूरा गर्ने खेलाडी हुन्, जबकि पेलेरोमारियो जस्ता महान खेलाडीहरू यस सूचीभन्दा पछाडि रहेका छन्।

प्रकाशित समय: बिहिबार ५ चैत, २०८२, ०८:५०:०८
प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस विज्ञमा दिपा दाहाल नियुक्त
शुक्रबार २० चैत, २०८२
सभामुखमा डीपी अर्याल निर्विरोध
शुक्रबार २० चैत, २०८२
इटाली फुटबल संकटमा: अध्यक्ष पद खाली, २०३२ युरोसमेत जोखिममा
शुक्रबार २० चैत, २०८२
रास्वपा उपसभापति अर्यालले गराए सभामुखमा उम्मेदवारी दर्ता
शुक्रबार २० चैत, २०८२
निर्माण व्यवसायी महासंघको अध्यक्षमा पाण्डे विजयी
शुक्रबार २० चैत, २०८२
इरान युद्धबीच अमेरिकी सेना प्रमुख बर्खास्त, पेन्टागनमा ठूलो फेरबदल
शुक्रबार २० चैत, २०८२
४०० भन्दा बढी प्राविधिक पदमा नेपाल प्रहरीको भर्ना खुल्यो
शुक्रबार २० चैत, २०८२
सभामुखका लागि आज उम्मेदवारी दर्ता, चैत २२ मा निर्वाचन
शुक्रबार २० चैत, २०८२
जेन-जी आन्दोलन प्रकरण: रमेश लेखक विरुद्ध अनुसन्धानमा फेरि म्याद थप
बिहिबार १९ चैत, २०८२
मोबाइलमा एसइईको प्रश्नपत्र लिएर हिँड्ने एक जना पक्राउ
बिहिबार १९ चैत, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०