राष्ट्रिय सभामा अर्यालको र आदर्श श्रेष्ठको नियुक्ति खारेज गर्न प्रभु साहको माग

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २ चैत, २०८२
५ महिनाअघि

विराटनगर । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सरकारलाई पछिल्ला दुई निर्णय फिर्ता लिन माग गरेका छन् । अध्यक्ष साहले सोमबार सामाजिक सञ्जालमा लेख्दै राष्ट्रिय सभामा ओमप्रकाश अर्यालको नाम सिफारिस गर्ने निर्णय र आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गर्ने निर्णय फिर्ता लिन माग गरेका हुन् ।

जेन-जी विद्रोहको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले आफ्ना आसेपासेलाई राज्यका महत्त्वपूर्ण निकायमा भर्ती गर्ने निर्णय गर्नु उचित नरहेको उनको आग्रह छ । उनले लेखेका छन्, ‘निर्वाचन गराउने जिम्मेवारी पाएका गृहमन्त्री ओमप्रकाश अर्याल सत्ताबाहिर बस्न नचाहेर आफूसम्मिलित मन्त्रिपरिषद्‍बाट राष्ट्रिय सभामा मनोनित हुन सिफारिस हुनु अर्को लाजको विषय हो ।’

प्रधानमन्त्री कार्कीले आफ्नो पीए श्रेष्ठलाई जाँदाजाँदै राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गर्नु सुशासन र पारदर्शीताको उपहास भएको उनले बताएका छन् ।

उनले जेन-जी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । उनले भनेका छन्, ‘सुशीला कार्कीलाई यी दुवै निर्णय फिर्ता लिन र तत्काल जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक आग्रह गर्दछु ।’

प्रकाशित समय: सोमबार २ चैत, २०८२, १३:३१:०९

सम्बन्धित खबर

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
बुधबार १३ साउन, २०८३
राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता
बुधबार १३ साउन, २०८३
सुनसरी घटनापछि ९ दलको संयुक्त अपिल : शान्ति र सद्भाव कायम गर्न आग्रह
बुधबार १३ साउन, २०८३
बाँकेमा सेफ्टी ट्याङ्कीभित्र फसेका तीन मजदुरको मृत्यु
बुधबार १३ साउन, २०८३
सुनसरीमा सरकार अभिभावक बनेको अनुभूति दिलाउनुपर्छ : शंकर पोखरेल
बुधबार १३ साउन, २०८३
देवानगञ्ज घटनापछि कोशीका मुख्यमन्त्री कार्कीद्वारा सर्वदलीय बैठक आह्वान
बुधबार १३ साउन, २०८३
देवानगञ्जमा फेरि भिडन्त : दुवै पक्ष हातहतियार सहित निस्किए 
मङ्गलबार १२ साउन, २०८३
सुनसरीको मुख्य राजमार्ग क्षेत्रमा कर्फ्यू
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनापछि तनाव झन् बढ्यो : कर्फ्युका बीच लुटपाट, आगजनी र राजमार्ग अवरुद्ध
मङ्गलबार १२ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०