विराटनगर । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ५ सय तोकेको जनाएको छ । आइतबार सुन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर ५ हजार २६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।