विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसद्का लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ ।
आगामी चैत ३ र ४ गते काठमाडौंमा नवनिर्वाचित सांसद्लाई संसदीय प्रक्रिया र पार्टीको नीतिबारे अभिमुखिकरण कार्यक्रम गर्न लागेको हो ।
नयाँ सांसद्लाई उनीहरूको काम, कर्तव्य, पार्टीको नीति, दृष्टिकोण र कार्यदिशाबारे सुसूचित गर्न तथा कार्यशैलीमा एकरूपता कायम गर्न प्रशिक्षित गर्न लागिएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।
फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले दुईतिहाइ नजिक जनमत प्राप्त गरेको छ। पार्टीका तर्फबाट प्रत्यक्षतर्फ १२५ जना सांसद् निर्वाचित भएका छन् । समानुपातिक तर्फबाट ५७ जना सिफारिस भएका छन् ।