विराटनगर । प्रधानमन्त्री सुशीला कार्कीले पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी छिन् । अध्यक्ष ओलीलाई समवेदना दिन उनी आइतबार भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेकी हुन् ।
ओलीका बुबा मोहनप्रसाद ओलीको फागुन २९ गते ९७ वर्षको उमेरमा निधन भएको हो । आजै ओलीलाई समवेदना दिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समेत गुण्डु पुगेकी थिइन् ।