महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २७ फाल्गुण, २०८२
५ महिनाअघि

काठमाडौँ: नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना गरेको आरोपमा मुद्दा दायर भएको छ।

माघ ११ गते प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बस्नेतले दिएको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै बुधबार उनीविरुद्ध मुद्दा दायर गरिएको हो। उक्त मुद्दाको सुनुवाइ आगामी चैत १ गते आइतबारका लागि तोकिएको छ।

बस्नेतविरुद्ध अधिवक्ता अवन न्यौपानेले मुद्दा दायर गरेका हुन्। रिट निवेदनमा बस्नेतले प्रधानन्यायाधीशसहित न्यायाधीशहरूलाई लक्षित गर्दै अदालतप्रति अवहेलना हुने खालका अभिव्यक्ति दिएको उल्लेख गरिएको छ।

बस्नेतले न्यायाधीशहरू रोग लागेको बहानामा गायब हुने, डर, दबाब वा प्रलोभनमा परेर न्यायिक प्रक्रिया ढिला गर्ने तथा न्याय नदिने जस्ता आरोप लगाएको निवेदनमा उल्लेख छ।

त्यस्तै, उनले देश वैदेशिक आक्रमणमा परेको र सर्वोच्च, उच्च तथा जिल्ला अदालत मात्र होइन, समग्र न्याय प्रणाली नै जलेको जस्तो अवस्था भएको भन्दै अदालतप्रति सार्वजनिक रूपमा आलोचना गरेको पनि रिटमा जनाइएको छ।

अधिवक्ता न्यौपानेले बस्नेतलाई अदालतको अवहेलनामा कारबाही चलाएर हदैसम्मको सजाय दिन माग गरेका छन्।

प्रकाशित समय: बुधबार २७ फाल्गुण, २०८२, १८:५०:१७

सम्बन्धित खबर

सिन्धुलीमा बससँग ठोक्किएर कार सुनकोशी नदीमा खस्यो, उद्धार कार्य जारी

सोमबार १८ साउन, २०८३
९ घण्टाअघि

मलेसिया रोजगारीमा सिन्डिकेट गराउने प्रयासमा मन्त्रालयको संलग्नता छैन : श्रम मन्त्रालय

सोमबार १८ साउन, २०८३
९ घण्टाअघि

सुस्तामा नेपाली–भारतीय पक्षबिच हुने भनिएको छलफल स्थगित

सोमबार १८ साउन, २०८३
९ घण्टाअघि

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

सोमबार १८ साउन, २०८३
१० घण्टाअघि

राष्ट्रियसभाको बैठक बस्दै, प्रधानमन्त्रीले मधेशी आयोगको प्रतिवेदन पेस गर्ने

सोमबार १८ साउन, २०८३
११ घण्टाअघि

सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

सोमबार १८ साउन, २०८३
१२ घण्टाअघि
सिन्धुलीमा बससँग ठोक्किएर कार सुनकोशी नदीमा खस्यो, उद्धार कार्य जारी
सोमबार १८ साउन, २०८३
मलेसिया रोजगारीमा सिन्डिकेट गराउने प्रयासमा मन्त्रालयको संलग्नता छैन : श्रम मन्त्रालय
सोमबार १८ साउन, २०८३
सुस्तामा नेपाली–भारतीय पक्षबिच हुने भनिएको छलफल स्थगित
सोमबार १८ साउन, २०८३
नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै
सोमबार १८ साउन, २०८३
राष्ट्रियसभाको बैठक बस्दै, प्रधानमन्त्रीले मधेशी आयोगको प्रतिवेदन पेस गर्ने
सोमबार १८ साउन, २०८३
सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ
सोमबार १८ साउन, २०८३
हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह
आईतबार १७ साउन, २०८३
निम्स दाइको निधनमा गाउँपालिकाद्वारा शोक बिदा घोषणा
आईतबार १७ साउन, २०८३
इरानमाथिको आक्रमण स्थगित गरेको ट्रम्पको दाबी
आईतबार १७ साउन, २०८३
जीवन विकास सामुदायिक अस्पतालमा रक्तदान, ५४ युनिट रगत संकलन
आईतबार १७ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०