बालेन बने खर्च विवरण सार्वजनिक गर्ने पहिलो उम्मेदवार

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २६ फाल्गुण, २०८२
८ महिनाअघि

विराटनगर । झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र साह निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । यससँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै क्षेत्रमा हराएर सनसनी मच्चाएका बालेन निर्वाचन खर्च विवरण सार्वजनिक गर्ने पहिलो उम्मेदवार बनेका छन् ।

रास्वपाका वरिष्ठ नेता बालेनले मतपरिणाम सार्वजनिक भएको केही समयपछि नै निर्वाचन खर्च सार्वजनिक गरे । निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालय झापामा पेस गरिएको विवरणअनुसार उनले निर्वाचन अभियानका क्रममा १४ लाख १७ हजार २२९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।

Advertisement

निर्वाचन खर्च सम्बन्धी फाराममार्फत बुझाइएको विवरणमा प्रचार–प्रसार, सवारी साधन भाडा, कार्यालय सञ्चालन तथा विभिन्न व्यवस्थापन खर्च समावेश गरिएको छ । विवरणअनुसार चुनावी अभियानका क्रममा सवारी साधन भाडामा २ लाख ९३ हजार ८०० रुपैयाँ खर्च गरिएको उल्लेख छ ।

त्यस्तै, हवाई भाडा शीर्षकमा ३५ हजार रुपैयाँ र मतदाता प्रशिक्षण कार्यक्रममा २८ हजार ९७० रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । सबैभन्दा बढी रकम भने वडा स्तरमा सञ्चालन गरिएको प्रचार कार्यक्रममा खर्च भएको देखिन्छ, जसमा ५ लाख ८० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ ।

यस्तै नमुना मतपत्र छपाइमा ४९ हजार ८५० रुपैयाँ, क्षेत्रीय निर्वाचन कार्यालय सञ्चालनमा १ लाख २० हजार रुपैयाँ र स्टेसनरी तथा कार्यालय व्यवस्थापनमा २२ हजार ८२० रुपैयाँ खर्च गरिएको जनाइएको छ । यस्तै, प्रचार सामग्री झण्डा र ब्याचमा १ लाख ५७ हजार र ब्यानर तथा टोकनमा १ लाख १९ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ । यसबाहेक मनोनयन दर्ता शुल्कका रूपमा १० हजार रुपैयाँ खर्च गरिएको उनको विवरणमा उल्लेख छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा, तीन प्रदेशका हिमाली क्षेत्रमा रेड अलर्ट

बुधबार १२ कार्तिक, २०८३
११ घण्टाअघि

अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न गोकुल बाँस्कोटाको माग

बुधबार १२ कार्तिक, २०८३
११ घण्टाअघि

राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान

सोमबार १० कार्तिक, २०८३
३ दिनअघि
Vitamin a

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

सोमबार १० कार्तिक, २०८३
३ दिनअघि

पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध

शुक्रबार ७ कार्तिक, २०८३
६ दिनअघि

नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

शुक्रबार ७ कार्तिक, २०८३
६ दिनअघि
चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा, तीन प्रदेशका हिमाली क्षेत्रमा रेड अलर्ट
बुधबार १२ कार्तिक, २०८३
अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न गोकुल बाँस्कोटाको माग
बुधबार १२ कार्तिक, २०८३
राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०