ओली, गृहमन्त्री लेखक र आईजीपी खापुङलाई कारबाही सिफारिस

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २५ फाल्गुण, २०८२
५ महिनाअघि

काठमाडौं — भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहित उच्चपदस्थ अधिकारीमाथि फौजदारी कारबाही गर्न सिफारिस गरेको छ।

पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले झण्डै ६ महिना लगाएर तयार पारेको प्रतिवेदनमा तत्कालीन गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ लगायतमाथि कारबाही सिफारिस गरिएको आयोग स्रोतले जनाएको छ।

त्यसैगरी काठमाडौंका तत्कालीन प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी (हाल डीआईजी) र तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल माथि पनि कारबाही सिफारिस गरिएको बताइएको छ।

आयोगले भदौ २३ र २४ गतेका घटनालाई छुट्टाछुट्टै रूपमा जाँचबुझ गरेको जनाएको छ। भदौ २३ मा प्रहरीले गोली चलाउँदा सुरुवातमा १९ जनाको मृत्यु भएको थियो। प्रहरीलाई गोली चलाउन आदेश दिएको भन्दै तत्कालीन प्रहरी महानिरीक्षक खापुङ र परिस्थिति नियन्त्रणबाहिर जाँदा पनि माथिल्लो तहमा जानकारी नगराएको भन्दै फिल्ड कमान्डरमाथि पनि कारबाही सिफारिस गरिएको स्रोतले जनाएको छ।

आयोगका अनुसार छानबिनबाट दोषी देखिएका केहीलाई फौजदारी कारबाही तथा केहीलाई स्पष्टीकरण सोध्ने सिफारिस गरिएको छ। साथै आन्दोलनका क्रममा प्रहरीसँगै सरकारी कार्यालय जोगाउन सक्रिय व्यक्तिलाई पुरस्कार दिन पनि आयोगले सुझाव दिएको छ।

आयोगका अध्यक्ष कार्कीले प्रतिवेदन सार्वजनिक गर्न आफूले प्रधानमन्त्रीलाई आग्रह गरेको बताउँदै प्रधानमन्त्रीले अध्ययनपछि प्रतिवेदन सार्वजनिक गर्ने बताएका छन्।

प्रकाशित समय: सोमबार २५ फाल्गुण, २०८२, ०७:३१:५५

सम्बन्धित खबर

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको संसद् अवरोध जारी

बिहिबार १४ साउन, २०८३
१ घण्टाअघि

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

बुधबार १३ साउन, २०८३
२० घण्टाअघि

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता

बुधबार १३ साउन, २०८३
२२ घण्टाअघि

बाँकेमा सेफ्टी ट्याङ्कीभित्र फसेका तीन मजदुरको मृत्यु

बुधबार १३ साउन, २०८३
२३ घण्टाअघि

सुनसरीमा सरकार अभिभावक बनेको अनुभूति दिलाउनुपर्छ : शंकर पोखरेल

बुधबार १३ साउन, २०८३
२३ घण्टाअघि

देवानगञ्ज घटनापछि कोशीका मुख्यमन्त्री कार्कीद्वारा सर्वदलीय बैठक आह्वान

बुधबार १३ साउन, २०८३
१ दिनअघि
सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको संसद् अवरोध जारी
बिहिबार १४ साउन, २०८३
प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
बुधबार १३ साउन, २०८३
राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता
बुधबार १३ साउन, २०८३
सुनसरी घटनापछि ९ दलको संयुक्त अपिल : शान्ति र सद्भाव कायम गर्न आग्रह
बुधबार १३ साउन, २०८३
बाँकेमा सेफ्टी ट्याङ्कीभित्र फसेका तीन मजदुरको मृत्यु
बुधबार १३ साउन, २०८३
सुनसरीमा सरकार अभिभावक बनेको अनुभूति दिलाउनुपर्छ : शंकर पोखरेल
बुधबार १३ साउन, २०८३
देवानगञ्ज घटनापछि कोशीका मुख्यमन्त्री कार्कीद्वारा सर्वदलीय बैठक आह्वान
बुधबार १३ साउन, २०८३
देवानगञ्जमा फेरि भिडन्त : दुवै पक्ष हातहतियार सहित निस्किए 
मङ्गलबार १२ साउन, २०८३
सुनसरीको मुख्य राजमार्ग क्षेत्रमा कर्फ्यू
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग
मङ्गलबार १२ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०