मध्यरातमा साढे चार लाख लिएर रिजालको प्रचारमा किन निस्किए कांग्रेस नेता-जनप्रतिनिधि ?

निश्चल ढकाल
आईतबार १७ फाल्गुण, २०८२
८ महिनाअघि

रंगेली । मोरङ निर्वाचन क्षेत्र नम्बर २ मा मध्यरातमा मतदातालाई पैसा बाँडेको भन्दै नेपाली कांग्रेस नेताहरूलाई स्थानीय युवाले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

रतुवामाई नगरपालिका-७ मा शनिबार राति करिब १० बजेतिर कांग्रेसका नेता-कार्यकर्ता सवार गाडी स्थानीय युवाले रोकेर जाँच गर्दा पैसा बाँड्न गएको आशंकामा नियन्त्रणमा लिएका हुन् ।

Advertisement

​नेपाली कांग्रेसका मोरङ क्षेत्र नम्बर २ का आर्थिक परिचालन कमिटी संयोजक खड्ग चोङ्बाङ, टेकनाथ घिमिरे र चक्र नेपालीलाई स्थानीय युवाले पैसा बाँड्दा बाँड्दै नियन्त्रणमा लिएका हुन् ।

स्थानीय युवाले गाडी रोकेर केही केरकार गर्न थालेपछि केही नेता भने घटनास्थलबाट फरार भएका थिए । रतुवामाई १० का काङ्ग्रेसबाट विजयी वडाध्यक्ष तथा नगर प्रवक्ता भुलबहादुर कार्की (आशिष्) भने घटनास्थल बाट फरार भएको सिजुवा प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक कैलाश लिम्बुका अनुसार जनप्रतिनिधिसहित का‌ंग्रेसका नेताहरूको साथबाट चार लाख ४८ हजार रुपैयाँ र प्रचारप्रसार सामग्री बरामद भएको छ ।

जबकि, जनप्रतिनिधिले चुनावी प्रचारप्रसार गर्न पाउँदैनन् । तर, कांग्रेस उम्मेदवार डा. मीनेन्द्र रिजाल प्रचार प्रसारमा खुलेआम लागेका उनीहरूले मतदातालाई बाँड्न ठुलो रकम बोकेको स्थानीयको आरोप छ ।

मिति नजिकिँदै जाँदा हरेक निर्वाचनमा रकम बाँड्ने आरोप लागेका डा. रिजालले यसपटक पनि आफ्ना कार्यकर्तामार्फत् पैसा बाँडेर चुनाव जित्न खोजेको आरोप उनीहरूको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार ४ लाख ४८ हजार बरामद भएको जान्कारी आएको छ । प्रहरी हिरासतमा रहेका उनीहरूमाथि अहिले अनुसन्धान भइरहेको छ ।

स्थानीयको सूचनापछि सिजुवा प्रहरीका डिएसपी राजु पाण्डेसहितको टोली घटनास्थल पुगेको थियो । स्थानीय युवा र  कांग्रेस नेताबीच भनाभन र मुडभेटको अवस्था सिर्जना हुने देखिएपछि प्रहरीले उनीहरूलाई इलाका ल्याएको थियो ।

प्रहरीको केरकारमा उनीहरूले एउटा ठाउँबाट अर्को ठाउँमा पैसा लगेको जनाएको इन्स्पेक्टर लिम्बूले शब्द एक्सप्रेससँगको कुराकानीमा खुलाए । ‘जनप्रतिनिधि चुनाव प्रचारप्रसारमा हिँड्न नपाउने भए पनि उहाँहरू रकम र प्रचारप्रारको सामग्री नै बोकेर हिँडेको पाइयो,’ उनले भने, ‘प्रहरी कार्यालय ल्याउँदा प‌ैसा भेटिएको थियो । तर, उहाँहरूले पर्सनल पैसा बोकेर हिँडेको बताउनुभएको छ ।’

लिम्बुका अनुसार धान बेचेको रकम लिएर घर जाँदै गरेको उनीहरूले जनाएका छन् ।

आचारसंहिताको उल्लंघन गरेका उनीहरूसहित बरामद रकम र गाडीका विषयमा आइतबार बिहान १० बजेतिर निर्वाचन कार्यालयमा सर्वपक्षीय छलफल हुने प्रहरीले जनाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
११ घण्टाअघि

न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ

बिहिबार २९ असोज, २०८३
३ दिनअघि

बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु

आईतबार २५ असोज, २०८३
६ दिनअघि

७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०