चुनाव बहिष्कार समूहप्रति प्रधानमन्त्री कार्कीको आरोप, १२ समूह निगरानीमा

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १३ फाल्गुण, २०८२
७ महिनाअघि

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले चुनाव बहिष्कार अभियानलाई “सजिलो व्यवसाय”को संज्ञा दिँदै गम्भीर आरोप लगाएकी छन्। ९ फागुनमा बुटवलमा आयोजित कार्यक्रममा उनले संगठन विस्तार नगरी बहिष्कारको हल्ला फिँजाएर चन्दा असुल्ने प्रवृत्ति देखिएको टिप्पणी गरिन्।

प्रधानमन्त्री कार्कीले चुनाव बिथोल्न सक्ने समूहको निगरानी गर्दै कडा सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएकी छन्। सुरक्षा स्रोतका अनुसार हाल विभिन्न १२ समूहलाई सम्भावित सुरक्षा चुनौतीका रूपमा विश्लेषण गरिएको छ।

Advertisement

नेपाल प्रहरीका अनुसार कम्युनिस्ट धारदेखि राजावादी समूहसम्मबाट सुरक्षा चुनौती हुनसक्ने आकलन गरिएको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं नेतृत्वको समूह, पूर्वराजा ज्ञानेन्द्र शाह निकट समूह, सीपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतलगायत समूहलाई निगरानीमा राखिएको छ।

प्रहरीका अनुसार केही व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ। हाल १६ जना हिरासतमा रहेका छन् भने २६ जनालाई नियन्त्रणपछि रिहा गरिएको छ।

निर्वाचन सुरक्षा विश्लेषणका लागि नेपाल प्रहरीले एसएसपी दयानिधि ज्ञवालीको कमान्डमा विशेष महाशाखा गठन गरी देशभरबाट सूचना संकलन र विश्लेषण गरिरहेको जनाएको छ। सम्भावित जोखिमको मूल्याङ्कनपछि सम्बन्धित क्षेत्रमा सुरक्षा रणनीति लागू गरिएको प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले जानकारी दिएका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०