तीनसय बढी जेन–जी युवा एमालेमा प्रवेश, भगबती चौधरीको पक्षमा खुले समर्थन

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ९ फाल्गुण, २०८२
८ महिनाअघि

इटहरी – सुनसरी क्षेत्र नम्बर ३ मा तीन सयभन्दा बढी जेन–जी युवा नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्। इटहरीमा आयोजित जेन–जीसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी युवाहरूले प्रतिनिधिसभा उम्मेदवार भगबती चौधरीलाई विजयी गराउने अभियानमा जोडिँदै एमाले रोजेका हुन्।

कार्यक्रममा नवप्रवेशी युवाहरूलाई स्वागत गर्दै उम्मेदवार भगबती चौधरीले जेन–जी पुस्ताका माग र मुद्दाहरू सम्बोधन गर्न सक्षम पार्टी एमाले नै भएको दाबी गरिन्। उनले एमाले देश र जनताको सच्चा पार्टी भएको उल्लेख गर्दै भदौ २३ र २४ गतेपछिको विषम राजनीतिक परिस्थितिमा मुलुकलाई स्थिरताका साथ अघि बढाउन एमालेले निर्णायक भूमिका खेलेको बताइन्।

Advertisement

पछिल्लो समय युवाहरूका आकांक्षा र आवश्यकतालाई केन्द्रमा राखेर घोषणा–पत्र तयार पारिएको उल्लेख गर्दै चौधरीले देशको समग्र विकासका लागि युवामा लगानी अपरिहार्य रहेको धारणा राखिन्। युवालाई स्वदेशमै स्वरोजगार र आत्मनिर्भर बनाउने आफ्नो योजना रहेको उनले स्पष्ट पारिन्।

चौधरीले देशभर ५० हजारभन्दा बढी महिलालाई उद्यमशीलतामा जोडेको, दुई हजारभन्दा बढीलाई रोजगारी उपलब्ध गराएको तथा आफ्नै क्षेत्रमा सयौं गरिब, विपन्न तथा असहाय नागरिकलाई सुरक्षित आवास निर्माण गरिदिएको बताइन्। आगामी दिनमा थप ५ सय घर निर्माण गरिदिने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।

कार्यक्रम सुनसरी–३ युवा परिचालन कमिटीको आयोजनामा सम्पन्न भएको हो। कमिटीका अध्यक्ष युवा नेता सबिन श्रेष्ठका अनुसार वडा नम्बर ६ देखि १५ सम्मका युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

सुनसरी–३ का चुनावी कमाण्डर लिलम बस्नेतले भगबती चौधरीलाई ११ हजारभन्दा बढी मतान्तरले विजयी गराउने प्रतिबद्धता व्यक्त गर्दै त्यस अभियानमा युवाहरूको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरे। उनले चौधरी जनताको सुख–दुःखमा साथ दिने नेतृ भएकाले पुनः विजयी गराएर पठाउँदा क्षेत्र मात्र नभई समग्र देशकै हित हुने उल्लेख गरे।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा, तीन प्रदेशका हिमाली क्षेत्रमा रेड अलर्ट

बुधबार १२ कार्तिक, २०८३
१४ घण्टाअघि

अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न गोकुल बाँस्कोटाको माग

बुधबार १२ कार्तिक, २०८३
१४ घण्टाअघि

राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान

सोमबार १० कार्तिक, २०८३
३ दिनअघि
Vitamin a

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

सोमबार १० कार्तिक, २०८३
३ दिनअघि

पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध

शुक्रबार ७ कार्तिक, २०८३
६ दिनअघि

नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

शुक्रबार ७ कार्तिक, २०८३
६ दिनअघि
चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा, तीन प्रदेशका हिमाली क्षेत्रमा रेड अलर्ट
बुधबार १२ कार्तिक, २०८३
अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न गोकुल बाँस्कोटाको माग
बुधबार १२ कार्तिक, २०८३
राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०