तीनसय बढी जेन–जी युवा एमालेमा प्रवेश, भगबती चौधरीको पक्षमा खुले समर्थन

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ९ फाल्गुण, २०८२
७ महिनाअघि

इटहरी – सुनसरी क्षेत्र नम्बर ३ मा तीन सयभन्दा बढी जेन–जी युवा नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्। इटहरीमा आयोजित जेन–जीसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी युवाहरूले प्रतिनिधिसभा उम्मेदवार भगबती चौधरीलाई विजयी गराउने अभियानमा जोडिँदै एमाले रोजेका हुन्।

कार्यक्रममा नवप्रवेशी युवाहरूलाई स्वागत गर्दै उम्मेदवार भगबती चौधरीले जेन–जी पुस्ताका माग र मुद्दाहरू सम्बोधन गर्न सक्षम पार्टी एमाले नै भएको दाबी गरिन्। उनले एमाले देश र जनताको सच्चा पार्टी भएको उल्लेख गर्दै भदौ २३ र २४ गतेपछिको विषम राजनीतिक परिस्थितिमा मुलुकलाई स्थिरताका साथ अघि बढाउन एमालेले निर्णायक भूमिका खेलेको बताइन्।

Advertisement

पछिल्लो समय युवाहरूका आकांक्षा र आवश्यकतालाई केन्द्रमा राखेर घोषणा–पत्र तयार पारिएको उल्लेख गर्दै चौधरीले देशको समग्र विकासका लागि युवामा लगानी अपरिहार्य रहेको धारणा राखिन्। युवालाई स्वदेशमै स्वरोजगार र आत्मनिर्भर बनाउने आफ्नो योजना रहेको उनले स्पष्ट पारिन्।

चौधरीले देशभर ५० हजारभन्दा बढी महिलालाई उद्यमशीलतामा जोडेको, दुई हजारभन्दा बढीलाई रोजगारी उपलब्ध गराएको तथा आफ्नै क्षेत्रमा सयौं गरिब, विपन्न तथा असहाय नागरिकलाई सुरक्षित आवास निर्माण गरिदिएको बताइन्। आगामी दिनमा थप ५ सय घर निर्माण गरिदिने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।

कार्यक्रम सुनसरी–३ युवा परिचालन कमिटीको आयोजनामा सम्पन्न भएको हो। कमिटीका अध्यक्ष युवा नेता सबिन श्रेष्ठका अनुसार वडा नम्बर ६ देखि १५ सम्मका युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

सुनसरी–३ का चुनावी कमाण्डर लिलम बस्नेतले भगबती चौधरीलाई ११ हजारभन्दा बढी मतान्तरले विजयी गराउने प्रतिबद्धता व्यक्त गर्दै त्यस अभियानमा युवाहरूको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरे। उनले चौधरी जनताको सुख–दुःखमा साथ दिने नेतृ भएकाले पुनः विजयी गराएर पठाउँदा क्षेत्र मात्र नभई समग्र देशकै हित हुने उल्लेख गरे।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०