सुनसरी–४ का रास्वपा उम्मेदवार साह, जसले एक महिनामै गरे पाँचपटक दल ‘अदलबदल’ !

माधव काफ्ले
शुक्रबार ८ फाल्गुण, २०८२
२ महिनाअघि

विराटनगर । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक महिनामै पाँच वटा राजनीतिक दल परिवर्तन गर्नेलाई उम्मेदवार बनाएको छ ।

रास्वपाले दल ‘अदलबदल’ गर्ने प्रवृत्तिबाट ग्रसित ४९ वर्षीय दीपककुमार साहलाई टिकट दिएपछि पार्टीभित्र आलोचना सुरु भएको छ भने सुनसरी ४ का मतदाताहरूमा संशयसमेत उत्पन्न भएको छ ।

इन्जिनियरसमेत रहेका साहले एक महिनाको छोटो अवधिमै पाँच वटा दल फेरेको तथ्यले मतदाताबीच गम्भीर प्रश्नहरू जन्माएको हो । साहले सिके राउत नेतृत्वको जनमत पार्टीबाट राजनीतिक यात्रा थालेका हुन् ।

गत असोजमा जनमत फुटेपछि साह जनस्वराज पार्टी गठन गरी आफैं अध्यक्ष बसेका थिए । त्यसपछि सर्वोदय पार्टी र उज्ज्यालो नेपाल पार्टी हुँदै अहिले उनले रास्वपाको टिकट पाउन लिएका हुन् ।

अघिल्लो चुनावमा जीवनकुमार श्रेष्ठले रास्वपाबाट चुनाव लडेका थिए । २०७९ सालको निर्वाचनमा श्रेष्ठले ३१ सय ८१ मत ल्याउँदै चौथो स्थान हासिल गरेका थिए । तर, यसपालि रास्वपाका अरू आकांक्षीलाई रोक्दै साहले टिकट हात पारे ।

तर, एक महिनाभित्रै यति धेरै दल फेर्नुले उनको राजनीतिक अडान र वैचारिक स्थिरतामाथि प्रश्न उठाएको छ । स्थानीय राजनीतिक वृत्तमा “रास्वपामा उनी कति दिन टिक्लान्?”, “विचार र दृष्टिकोण बिना केवल टिकट खोज्दै पार्टी चाहार्ने प्रवृत्तिले जनताको विश्वास जित्न सक्ला?” भन्ने प्रश्नहरू उठिरहेका छन् ।

साहसँग स्पष्ट राजनीतिक विचार र दीर्घकालीन अडान नदेखिएको आरोपसमेत लागिरहेको छ ।

यस्तै, रास्वपाको लोकप्रियता, विशेषगरी पार्टी सभापति रवि लामिछाने र काठमाडौँ महानगर प्रमुख बालेन शाहको चर्चाले मात्र चुनाव जित्न सकिन्छ कि उम्मेदवारको आफ्नै सोच, विचार र प्रतिबद्धता पनि आवश्यक पर्छ भन्ने विषयमा मतदाताबीच बहस चर्किएको छ ।

पहिलोपटक संसदीय चुनावी प्रतिस्पर्धामा होमिएका साहलाई सुनसरी–४ का मतदाताले विश्वास गरेर मत दिने कि नदिने भन्ने प्रश्न अहिले निर्वाचनको केन्द्रीय बहसको विषय बनेको छ ।

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरी क्षेत्र नं ४ मा ३३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धा रहेका छन् । यस क्षेत्रमा १७ जना विभिन्न दलबाट र १६ जना स्वतन्त्र उम्मेदवारहरू चुनावी प्रतिष्पर्धामा छन् ।

यहाँबाट साहसँगै नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की, नेकपा एमालेले जगदीशप्रसाद कुसियैत, नेपाली कम्युनिष्ट पार्टीका महमद महफुज अन्सारी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रेमप्रसाद भट्टराईले चुनावी प्रतिस्पर्धा गर्दै छन् ।

प्रतिनिधिसभा निर्वाचन २०७९ मा यहाँबाट कार्की झिनो (११०) मतले निर्वाचित भएका थिए । त्यसअघि २०७४ सालको निर्वाचनमा भने उनी आफ्ना निकटतम् प्रतिद्वन्द्वीभन्दा झन्डै सात हजार मतले निर्वाचित भएका थिए ।

प्रकाशित समय: शुक्रबार ८ फाल्गुण, २०८२, ०९:००:५५

सम्बन्धित खबर

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी: अमेरिकाविरुद्ध नेपालको पहिलो खेल आज
शनिवार ५ ब‌ैशाख, २०८३
कांग्रेस आधिकारिकता विवादमा बहस सकियो, आजै फैसला आउने सम्भावना
शुक्रबार ४ ब‌ैशाख, २०८३
श्रम सम्झौताविना काममा लगाउने र बढी समय काम गराउनेविरुद्ध कारबाही हुने चेतावनी
शुक्रबार ४ ब‌ैशाख, २०८३
कम्बोडियामा नेपालीको बढ्दो उपस्थिति : जोखिम, चुनौती र समाधान
शुक्रबार ४ ब‌ैशाख, २०८३
त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गर्न ३५ दिने सूचना जारी
शुक्रबार ४ ब‌ैशाख, २०८३
ट्रेड युनियन खारेज निर्णय कार्यान्वयन भएन, संगठनहरू उल्टै माग लिएर मन्त्रालय पुगे
शुक्रबार ४ ब‌ैशाख, २०८३
सर्वोच्चको अनधिकृत पत्र लेख्ने विष्टलाई ६ महिना कैद सजाय
शुक्रबार ४ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्दै, सांसदहरू छलफलमा बोलाइए
शुक्रबार ४ ब‌ैशाख, २०८३
विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
शुक्रबार ४ ब‌ैशाख, २०८३
रोहितको कप्तानीमा लिग २ खेल्ने टीम घोषणा
शुक्रबार ४ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०