नेपाली कम्युनिष्ट पार्टीको घोषणापत्र : दोहोरो अंकको आर्थिक वृद्धि र भ्रष्टाचारमा शून्य सहनशीलता

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २८ माघ, २०८२
६ महिनाअघि

काठमाडौं । विभिन्न २२ कम्युनिष्ट तथा समाजवादी घटकहरू एकीकृत भई बनेको नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो नीति तथा प्रतिबद्धताको विस्तृत दस्तावेज सार्वजनिक गरेको छ ।

‘तारा’ चुनाव चिन्ह प्रयोग गर्दै निर्वाचनमा सहभागी हुन लागेको पार्टीले सुशासन, रोजगारी र राष्ट्रिय स्वाधीनतालाई केन्द्रमा राख्दै आगामी दशकका लागि नेपालको राजनीतिक र आर्थिक दिशानिर्देश प्रस्तुत गरेको जनाएको छ ।

पार्टी नेतृत्वले हालसम्म भएका राजनीतिक परिवर्तनहरूमा आफ्नो भूमिका निर्णायक रहेको दाबी गर्दै अब जनताको जीवनस्तरमा प्रत्यक्ष परिवर्तन देखिने गरी शासन प्रणाली र विकास मोडेल पुनःसंरचना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

शासन प्रणालीमा पुनःसंरचनाको प्रस्ताव

दस्तावेजमा विद्यमान निर्वाचन प्रणाली खर्चिलो मात्र नभई विकृति र भ्रष्टाचारको कारक बनेको उल्लेख गर्दै सुधार अपरिहार्य भएको बताइएको छ । युवा पुस्ताको अपेक्षा र संघीय संरचनाको प्रभावकारितालाई ध्यानमा राख्दै शासकीय स्वरूप परिमार्जन गरिने जनाइएको छ । यस क्रममा मन्त्रिपरिषद् सानो र कार्यमुखी बनाइने, सांसदहरूलाई नीति निर्माणमै सीमित गरिने र संघ, प्रदेश तथा स्थानीय तहबीच अधिकार स्पष्ट रूपमा बाँडफाँट गरिने उल्लेख छ ।

भ्रष्टाचार नियन्त्रणलाई केन्द्रीय एजेन्डा

पार्टीले सुशासनलाई राजनीतिक नारामा मात्र सीमित नराखी कार्यान्वयनयोग्य संरचना निर्माण गर्ने दाबी गरेको छ । सार्वजनिक पदमा रहेका वा रहिसकेका व्यक्तिको सम्पत्ति छानबिन गर्न विशेष आयोग गठन गरिने र अवैध सम्पत्ति राज्यको स्वामित्वमा ल्याइने नीति अघि सारिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता निकायलाई एकीकृत गर्दै शक्तिशाली लोकपाल प्रणाली लागू गरिने तथा सरकारी सेवा प्रवाह पूर्ण रूपमा डिजिटल बनाइने उल्लेख छ ।

आर्थिक मोडेल परिवर्तनको दाबी

नेपाली कम्युनिष्ट पार्टीले आगामी पाँच वर्षलाई आर्थिक पुनरुत्थानको चरणका रूपमा लिँदै दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य तय गरेको छ ।रोजगारी सिर्जनालाई मुख्य प्राथमिकता दिँदै हरेक वर्ष ५ लाख नयाँ रोजगारी सिर्जना गर्ने, विदेशबाट फर्केका युवालाई उद्यमशीलतामा जोड्ने र उत्पादनमुखी लगानीलाई प्रोत्साहन गर्ने नीति प्रस्तुत गरिएको छ ।

कृषि, भूमि र खाद्य सुरक्षामा जोड

घोषणापत्रमा कृषिलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा परिभाषित गर्दै आगामी दशकलाई कृषि लगानीमा केन्द्रित गर्ने उल्लेख छ । प्रमुख खाद्यान्न बालीमा आत्मनिर्भर बन्ने, किसानलाई सामाजिक सुरक्षा उपलब्ध गराउने र भूमिहीन समस्याको स्थायी समाधान गर्ने प्रतिबद्धता गरिएको छ ।

स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्र

राज्यले नागरिकको आधारभूत आवश्यकता सुनिश्चित गर्नुपर्ने भन्दै स्वास्थ्य सेवा निःशुल्क बनाइने नीति अघि सारिएको छ । सबै नागरिकलाई स्वास्थ्य बीमामा समेट्ने र सामुदायिक स्तरमै उपचार सेवा विस्तार गर्ने योजना छ । शिक्षा क्षेत्रमा सार्वजनिक विद्यालयको गुणस्तर सुधार, प्रविधिमैत्री शिक्षा र विश्वविद्यालयहरूलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने घोषणा गरिएको छ ।

पूर्वाधार, ऊर्जा र अन्तर्राष्ट्रिय सम्बन्ध

पाँच वर्षभित्र विद्युत् उत्पादन उल्लेख्य रूपमा बढाउने, ठूला पूर्वाधार आयोजना अघि बढाउने र पर्यटनलाई नयाँ ढंगले विकास गर्ने नीति दस्तावेजमा समावेश छ ।अन्तर्राष्ट्रिय सम्बन्धमा असंलग्न नीतिलाई निरन्तरता दिँदै सीमा विवाद कूटनीतिक संवादमार्फत समाधान गर्ने उल्लेख गरिएको छ ।

प्रकाशित समय: मङ्गलबार २८ माघ, २०८२, १८:०२:३२
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०