सेयर बजारमा निरन्तर दबाब, नेप्से दोहोरो अंकले घट्दा कारोबार पनि खुम्चियो

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २८ माघ, २०८२
८ महिनाअघि

काठमाडौं — सेयर बजारमा गिरावटको क्रम मंगलबार पनि रोकिएन। सोमबार दोहोरो अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार पुनः १०.२५ अंकले घट्दै २६६२.१४ अंकमा झरेको छ।

साताको पहिलो दिन आइतबारदेखि नै नेप्से सूचकसँगै कारोबार रकम पनि लगातार घट्दै गएको नेप्सेले जनाएको छ। बजारमा लगानीकर्ताको मनोबल कमजोर देखिँदा सूचक र कारोबार दुवैमा दबाब परेको विश्लेषण गरिएको छ।

Advertisement

मंगलबार कारोबार सुरु हुँदा २६७२.३९ अंकमा रहेको नेप्से, दिनभर उतारचढावबीच अन्ततः नकारात्मक विन्दुमा बन्द भएको हो। बजारमा सूचीकृत अधिकांश कम्पनीको सेयर मूल्य घटेपछि समग्र परिसूचक ओरालो लागेको देखिएको छ।

यस दिन नेप्सेमा कारोबार भएका १ सय ७९ कम्पनीको सेयर मूल्य घटेको छ भने ७४ कम्पनीको मूल्य बढेको छ। सात कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ।

समूहगत सूचकतर्फ पनि अधिकांश क्षेत्रमा गिरावट देखिएको छ। बैंकिङ समूह १.३२ अंकले घट्दा विकास बैंक ६५.६७ र वित्त समूह २२.७१ अंकले ओरालो लागेको छ। होटल तथा पर्यटन ३५.६५, जलविद्युत् ९.०५, लगानी ०.५६, जीवन बीमा ९८.४४, उत्पादनमूलक ५९.७०, लघुवित्त २४.१७, निर्जीवन बीमा ६८.५६ तथा अन्य समूह ८.२३ अंकले घटेका छन्।

यद्यपि सामूहिक लगानी कोष समूह ०.०४ र व्यापार समूह १९.७० अंकले बढ्दै सकारात्मक देखिएका छन्।

कारोबारतर्फ मंगलबार नेप्सेमा ३२४ कम्पनीका ८९ हजार ८ सय ३६ कारोबारबाट २ करोड १७ लाख १५ हजार ८ सय ६८ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ८ अर्ब ६१ करोड रुपैयाँमा सीमित भएको छ।

यो कारोबार रकम अघिल्लो दिनको तुलनामा कम हो। सोमबार नेप्सेमा १० अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार

आईतबार ११ असोज, २०८३
४६ minutes

मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता

आईतबार ११ असोज, २०८३
२ घण्टाअघि

हर्मुज जलडमरू खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत

आईतबार ११ असोज, २०८३
३ घण्टाअघि

चोलेन्द्र पक्राउबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न कांग्रेसको माग

आईतबार ११ असोज, २०८३
४ घण्टाअघि

चोलेन्द्रलाई भेट्न नदिइएपछि मानव अधिकार आयोगको टोली फर्कियो

आईतबार ११ असोज, २०८३
५ घण्टाअघि

देशभरका नदीमा पानिको बहाव उच्च,१७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम

आईतबार ११ असोज, २०८३
५ घण्टाअघि
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता
आईतबार ११ असोज, २०८३
हर्मुज जलडमरू खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत
आईतबार ११ असोज, २०८३
चोलेन्द्र पक्राउबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न कांग्रेसको माग
आईतबार ११ असोज, २०८३
चोलेन्द्रलाई भेट्न नदिइएपछि मानव अधिकार आयोगको टोली फर्कियो
आईतबार ११ असोज, २०८३
देशभरका नदीमा पानिको बहाव उच्च,१७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम
आईतबार ११ असोज, २०८३
मनाङको चामेमा बाढी–पहिरोको ठूलो क्षति, पुल बगाउँदा आवतजावत ठप्प
आईतबार ११ असोज, २०८३
कालीगण्डकीको बाढीले पर्वतमा २५ घर बगायो, सेतीबेणी पनि डुबानमा
आईतबार ११ असोज, २०८३
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०