विश्व साम्राज्यवादको भूराजनीतिक खेल नेपालसम्म आइपुग्यो : प्रचण्ड

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २७ माघ, २०८२
८ महिनाअघि

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रमाथि प्रहार गर्ने विश्व प्रतिक्रियावादी शक्तिको भूराजनीतिक चलखेल नेपालमा पनि देखिन थालेको बताएका छन्।

सोमबार काठमाडौं निर्वाचन क्षेत्र नं. ५ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै संयोजक प्रचण्डले सामाजिक सञ्जालमा गरिने स्टन्टका आधारमा विश्व साम्राज्यवादले विभिन्न देशमा भूराजनीतिक खेल खेलिरहेको र त्यसको असर नेपालमा पनि परिरहेको बताएका हुन्।

Advertisement

उनले विचार, राजनीति, सिद्धान्त, इतिहास र विरासत नभएकाहरू सामाजिक सञ्जालकै भरमा लोकप्रिय हुन खोजिरहेको आरोप लगाए। यस्ता प्रवृत्तिको सशक्त प्रतिवादका लागि नयाँ संकल्प, नयाँ समीक्षा र फेरि एकपटक राष्ट्र र जनताप्रति समर्पित भएर अघि बढ्ने तागत आवश्यक रहेको उनले बताए।

‘त्यही तागत सृष्टि गर्ने उद्देश्यले नै नेपाली कम्युनिस्ट पार्टी निर्माण गर्दै अगाडि बढेका हौं,’ प्रचण्डले भने।

संयोजक प्रचण्डले विकास निर्माण, सुशासन, भ्रष्टाचारविरुद्धको संघर्ष, सामाजिक विभेद अन्त्य, सामाजिक न्याय, आर्थिक विकास, उत्पादन र रोजगारी सृष्टिका सवालमा नेकपाले अघि सारेका नीति, योजना र कार्यक्रमप्रति जनताको आशा र भरोसा फेरि बढ्दै गएको दाबी गरे।

उनले अहिलेको युग सामाजिक सञ्जाल र सूचना प्रविधिको भए पनि घर–घरमा पुगेर जनतालाई प्रत्यक्ष बुझाउने तरिका जत्तिको प्रभावकारी अरू नहुने धारणा राखे। हाल नयाँ विचार र सबैभन्दा नयाँ राजनीतिक एजेन्डा बोकेको पार्टी नेकपा मात्रै भएको उनको भनाइ थियो।

कार्यक्रममा एमाले खेलकुद विभागकी सदस्य रेनुका श्रेष्ठ, बैंकर विमला ज्ञवाली, अधिवक्ता सविना वाग्ले, नेकपा (बहुमत) निकट क्रान्तिकारी पत्रकार संघका केन्द्रीय संयोजक जीवन हमाललगायतले नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका प्रचण्डको सचिवालयले जनाएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०