निर्वाचन प्रयोजनका लागि स्वेच्छिक सहयोग लिन पाइने, रकम तोकेर चन्दा माग्न नपाइने: निर्वाचन आयोग

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २४ माघ, २०८२
८ महिनाअघि

काठमाडौँ । निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि शुभेच्छुक र समर्थकहरूबाट स्वेच्छिक सहयोग लिन पाउने स्पष्ट पारेको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रचलित कानुनको परिधिभित्र रहेर निर्वाचन प्रचार–प्रसारका लागि सहयोग संकलन गर्न कुनै बाधा नरहेको बताएका हुन्।

Advertisement

प्रवक्ता भट्टराईका अनुसार उम्मेदवार वा राजनीतिक दलले कसैलाई पनि निश्चित रकम तोकेर चन्दा माग्न भने पाउने छैनन्।
‘हामीसँग चन्दा ऐन छ। निर्वाचन र प्रचार–प्रसारका लागि शुभेच्छुक तथा समर्थकबाट सहयोग लिन सकिन्छ,’ उनले भने, ‘तर उम्मेदवार वा दलले मलाई यति रकम दिनुपर्छ भनेर कसैलाई तोकेर माग्न पाइँदैन। स्वेच्छाले दिन चाहनेले निर्वाचन प्रयोजनका लागि खोलिएको खातामा सहयोग गर्न सक्छन्।’

उनले उम्मेदवारले निर्वाचन प्रयोजनका लागि अनिवार्य रूपमा छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै उक्त खातामा संकलित रकम व्यक्तिगत प्रयोजनमा खर्च गर्न नपाइने स्पष्ट पारे।

‘छुट्टै खाता खोलिएको कारणले संकलित सहयोग निर्वाचन प्रचार–प्रसारकै लागि प्रयोग हुन्छ भन्ने विश्वास गर्नुपर्छ। यदि दुरुपयोग भएको पाइएमा त्यसको सम्बोधन गरिन्छ,’ प्रवक्ता भट्टराईले भने।

यसैबीच, उनले हालसम्म ८४ लाख ४० हजार मतपत्र छपाइ भइसकेको जानकारी दिए। तीमध्ये ७ हजार १३७ वटा मतपेटिका प्याकिङ भइसकेको आयोगले जनाएको छ।

प्रवक्ता भट्टराईका अनुसार ३२ जिल्लाका लागि आवश्यक पर्ने मतपत्रको छपाइ तथा प्याकिङ कार्य पूर्ण रूपमा सम्पन्न भइसकेको छ। बाँकी जिल्लाका मतपत्र छपाइ र व्यवस्थापनको काम पनि युद्धस्तरमा भइरहेको आयोगले जनाएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०