काठमाडौँ । मेडिकल व्यवसा तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। नेपाल प्रहरीले उनलाई काठमाडौँको चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसरका एक अधिकृतले प्रसाईं पक्राउ परेको पुष्टि गरे पनि उनीमाथि लगाइएको अभियोगबारे खुलाएका छैनन्।
प्रसाईं यसअघि सार्वजनिक शान्तिविरुद्धको कसुरमा माघ ५ गते पोखराबाट पक्राउ परेका थिए। त्यसपछि काठमाडौँ ल्याइएका उनलाई माघ ६ गते हाजिर जमानीमा रिहा गरिएको थियो।
यसैबीच, प्रसाईंले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिएको दाबी सार्वजनिक रूपमा गरेका थिए। उक्त अभिव्यक्तिपछि निर्वाचन आयोगले सो विषयमा अनुसन्धान गर्न प्रहरीलाई पत्राचार ग