सुनसरी–४ मा कार्की–अंसारी सहमति, कांग्रेसको चुनावी समीकरण फेरिँदै

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २३ माघ, २०८२
८ महिनाअघि

सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेसभित्र केही समयदेखि देखिँदै आएको आन्तरिक असन्तुष्टि औपचारिक रूपमा अन्त्य भएको छ। प्रत्यक्ष र समानुपातिक उम्मेदवार चयनलाई लिएर उत्पन्न मतभेद आपसी संवाद र सहमतिमार्फत समाधान भएको कांग्रेस स्रोतले जनाएको छ।

यस क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनका लागि हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीले उम्मेदवारी पाउने अपेक्षा गरेका थिए। स्थानीय तहमा प्रभावशाली नेताका रूपमा चिनिएका अंसारी चुनावी तयारीमा जुटिरहेका बेला पार्टीको केन्द्रीय निर्णयअनुसार पूर्वमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई उम्मेदवार बनाइएपछि उनी असन्तुष्ट बनेका थिए। त्यसपछि केही समय कांग्रेसको स्थानीय संगठनभित्र मतभेद र असहजता देखिएको थियो।

Advertisement

उक्त असन्तुष्टिले चुनावी अभियानमा नकारात्मक असर पर्न सक्ने आशंका बढिरहेका बेला पार्टी नेतृत्व तथा स्थानीय नेताहरूको पहलमा संवाद प्रक्रिया अघि बढाइएको थियो। सोही क्रममा उम्मेदवार कार्की र अध्यक्ष अंसारीबीच पटक–पटक छलफल भई अन्ततः सहमति कायम भएको स्रोतको दाबी छ।

सहमति अनुसार दुवै नेताले व्यक्तिगत असन्तुष्टि थाती राख्दै पार्टी हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने समझदारी गरेका छन्। सहमति पश्चात् अंसारीले कांग्रेसको आधिकारिक उम्मेदवारलाई सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् भने कार्कीले पनि स्थानीय नेतृत्व र कार्यकर्ताको भूमिकालाई सम्मान गर्दै साझा चुनावी अभियान सञ्चालन गर्ने बताएका छन्।

यस सहमतिले पार्टीभित्र एकताको सन्देश प्रवाह भएको कांग्रेस कार्यकर्ताहरूको प्रतिक्रिया छ। आन्तरिक विवाद समाधानसँगै सुनसरी–४ मा नेपाली कांग्रेसको चुनावी रणनीति थप स्पष्ट र सशक्त बन्दै गएको देखिन्छ।

संगठन एकताबद्ध हुँदा मतदाता समक्ष सकारात्मक सन्देश जाने र चुनावी प्रतिस्पर्धामा कांग्रेसलाई लाभ पुग्ने स्थानीय राजनीतिक विश्लेषकहरूको आकलन छ। अब कांग्रेसले आन्तरिक एकतालाई मजबुत बनाउँदै विकास, स्थायित्व र प्रतिनिधित्वका मुद्दालाई केन्द्रमा राखेर चुनावी मैदानमा उत्रिने तयारी गरेको बुझिएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०