स्वर्णिम वाग्लेले झुटा अफवाह फैलाएको आरोपमा साइबर ब्युरोमा दिए उजुरी

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २३ माघ, २०८२
६ महिनाअघि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा तनहुँ–१ का उम्मेदवार स्वर्णिम वाग्लेले आफूविरुद्ध सामाजिक सञ्जालमा झुटा र भ्रामक सामग्री फैलाइएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन्।

झुटो विवरण तयार गरी आफ्नो मानमर्दन गर्ने र सामाजिक सौहार्दता खल्बल्याउने उद्देश्यले सामग्री प्रचारप्रसार गरिएको आरोप लगाउँदै वाग्लेले त्यस्ता व्यक्ति तथा समूहको पहिचान गरी कडा कारबाही गर्न माग गरेका छन्।

साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले वाग्लेबाट उजुरी प्राप्त भएको पुष्टि गरेका छन्। उनका अनुसार उजुरीमा सामाजिक सञ्जालमार्फत अफवाह फैलाइएको, नक्कली तथा भ्रामक सामग्री प्रसारण गरिएको र व्यक्तिगत प्रतिष्ठामा गम्भीर आँच पुर्‍याउने प्रयास भएको उल्लेख छ।

उजुरीमा धर्म र व्यक्तिगत अवस्थाबारे भ्रम सिर्जना गराउने सामग्रीहरू फैलाइएको उल्लेख गर्दै वाग्लेले त्यस्ता गतिविधिमा संलग्न व्यक्ति र समूहमाथि अनुसन्धान गरी हदैसम्मको कारबाही गर्न माग गरेका छन्।

‘सामाजिक सञ्जालमा झुटा र भ्रामक समाचार सिर्जना गरी मानमर्दन तथा सामाजिक सौहार्दता खल्बल्याउने कुनियतले सामग्री प्रचारप्रसार गर्नेहरूलाई पत्ता लगाई हदैसम्मको कारबाही गरिपाऊँ,’ उजुरीमा उल्लेख गरिएको छ।

आफूलाई बागमती प्रदेशकी सांसद भनेर चिनाउने लक्ष्मी घिमिरे र मोहन लामा रूम्बाबाट प्रेषित सामग्रीले आफ्नो प्रतिष्ठामाथि आँच पुर्‍याउने खराब नियत देखिएको भन्दै वाग्लेले ती सामग्रीहरूप्रति गम्भीर आपत्ति जनाएका छन्।

प्रकाशित समय: बिहिबार २३ माघ, २०८२, १९:०८:०८

सम्बन्धित खबर

प्रधानमन्त्री र गृहमन्त्री गुरुङबीच भेटवार्ता
मङ्गलबार १९ साउन, २०८३
सरकारद्वारा २० राजदूत नियुक्तिको तयारी, खुला आवेदनबाट पहिलोपटक सिफारिस हुने
मङ्गलबार १९ साउन, २०८३
राप्रपाले बोलायो कार्यसम्पादन समिति
मङ्गलबार १९ साउन, २०८३
सिन्धुलीमा बससँग ठोक्किएर कार सुनकोशी नदीमा खस्यो, उद्धार कार्य जारी
सोमबार १८ साउन, २०८३
मलेसिया रोजगारीमा सिन्डिकेट गराउने प्रयासमा मन्त्रालयको संलग्नता छैन : श्रम मन्त्रालय
सोमबार १८ साउन, २०८३
सुस्तामा नेपाली–भारतीय पक्षबिच हुने भनिएको छलफल स्थगित
सोमबार १८ साउन, २०८३
नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै
सोमबार १८ साउन, २०८३
राष्ट्रियसभाको बैठक बस्दै, प्रधानमन्त्रीले मधेशी आयोगको प्रतिवेदन पेस गर्ने
सोमबार १८ साउन, २०८३
सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ
सोमबार १८ साउन, २०८३
हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह
आईतबार १७ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०