नेप्सेमा निरन्तर गिरावट, सूचक घट्दा पनि ४ कम्पनीमा सकारात्मक सर्किट

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २२ माघ, २०८२
४ महिनाअघि

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार पनि घट्ने क्रममै रहेको छ । मंगलबार १२ अंकले घटेको नेप्से बुधबार थप १.६४ अंकले घट्दै २६८१.५० बिन्दुमा बन्द भएको हो ।

नेप्से घटे पनि बुधबार ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतसम्म बढेर सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्ने कम्पनीमा कालिञ्चोक दर्शन लिमिटेड, सुपर माई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर र आँखुखोला जलविद्युत् कम्पनी रहेका छन् । कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् सबैभन्दा बढी कारोबार हुने कम्पनी बनेको छ ।

नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स पनि ०.७० अंकले घटेको छ । बुधबार कारोबार भएका कम्पनीहरूमध्ये १३४ कम्पनीको सेयर मूल्य घटेको छ भने ११३ कम्पनीको मूल्य बढेको छ । १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

समूहगत सूचकतर्फ बैंकिङ समूह ४.५६ अंकले घट्दा जीवन बीमा १७.१९, उत्पादनमूलक ४९.६४, लघुवित्त १५.१४, सामूहिक लगानी कोष ०.०६ र अन्य समूह ७.२५ अंकले घटेका छन् ।

यता विकास बैंक समूह ६.०७, वित्त २३.३३, होटल तथा पर्यटन १४.०८, जलविद्युत् १३.४०, लगानी ०.०९, निर्जीवन बीमा १५.१८ र व्यापार समूह १८.९१ अंकले बढेका छन् ।

बुधबार नेप्सेमा ३२६ कम्पनीको ८० हजार ४२२ कारोबारमार्फत ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको १ करोड ६६ लाख ८२ हजार कित्ता सेयर किनबेच भएको छ । यो कारोबार रकम मंगलबारको तुलनामा कम हो । मंगलबार नेप्सेमा साढे ८ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

प्रकाशित समय: बुधबार २२ माघ, २०८२, १६:१४:५२
कोशी प्रदेशको बजेट प्रस्तुत हुँदै
सोमबार १ असार, २०८३
सडक पेटी अतिक्रमण हटाउन सर्वोच्चको परमादेश, प्रहरी पोष्टसमेत हटाउन निर्देशन
सोमबार १ असार, २०८३
नेपाल–भारत सीमा समस्याबारे कञ्चनपुरमा उच्चस्तरीय बैठक
सोमबार १ असार, २०८३
आगामी १० वर्षका लागि डिजिटल मधेस दशक घोषणा
सोमबार १ असार, २०८३
नेपाल-भारत सीमामा पर्खाल लगाउन सांसद् तामाङको माग
सोमबार १ असार, २०८३
मन्त्री लम्सालद्वारा नागढुंगा–मुग्लिङ सडक आयोजनाको अनुगमन
सोमबार १ असार, २०८३
हर्क साम्पाङको प्रश्न,प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ?
सोमबार १ असार, २०८३
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको विरोध
सोमबार १ असार, २०८३
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
सोमबार १ असार, २०८३
विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्‍यो नयाँ विद्यार्थीहरुलाई स्वागत
आईतबार ३१ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०