प्रतिनिधिसभा विघटन र कांग्रेस आधिकारिकता विवादका मुद्दा चुनावपछि हेरिने

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २१ माघ, २०८२
७ महिनाअघि

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २८ माघका लागि साधारण तारिख तोकेको छ । मुद्दा व्यवस्थापनसम्बन्धी प्रक्रिया बाँकी रहेको भन्दै अदालतले तत्काल सुनुवाइ नगरी सामान्य तारिख दिएको हो ।

सर्वोच्चका अनुसार सबै प्रक्रिया पूरा भएमा छिटोमा दुई–तीन सातापछि मात्रै पेशी तोकिन सक्छ । यस हिसाबले कम्तीमा पनि २० फागुनअघि प्रतिनिधिसभा विघटनको मुद्दाले सुनुवाइको पालो पाउने सम्भावना देखिँदैन ।

यता, नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा पनि मुद्दा अघि बढ्न सकेको छैन । निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवालगायतका नेताले दायर गरेको रिटमा विपक्षी बनाइएकाहरूलाई अहिलेसम्म म्याद तामेलसमेत भएको छैन ।

६ माघमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गर्दै कुनै एक राजनीतिक दलभित्रको विवादका कारण प्रतिनिधिसभा निर्वाचन प्रक्रिया नै रोक्न मिल्ने हो कि होइन भन्ने गम्भीर प्रश्न उठाएको थियो ।

म्याद तामेल भएपछि निर्वाचन आयोग, कांग्रेस सभापति गगन थापा र उपाध्यक्ष विश्वप्रकाश शर्माले लिखित जवाफ पेश गर्न १५ दिनको समय पाउनेछन् । त्यसपछि पनि म्याद थाम्ने सुविधा रहने भएकाले मुद्दा अझै ढिलाइ हुने देखिन्छ ।

यद्यपि निर्वाचन आयोगको निर्णय रोक्न माग गरिएको अन्तरिम आदेश सर्वोच्चले अस्वीकार गरेको छ । तर मुद्दामा गम्भीर कानूनी तथा संवैधानिक प्रश्न उठेको भन्दै यसलाई संवैधानिक इजलासमा पठाउने बाटो भने खुला राखिएको छ ।

सर्वोच्च अदालतका कर्मचारीहरूका अनुसार म्याद तामेल र लिखित जवाफ पेश हुन अझै समय लाग्ने भएकाले अबको करिब एक महिना यी मुद्दाको सुनुवाइ अघि बढ्ने सम्भावना न्यून छ । यसले प्रतिनिधिसभा विघटन र कांग्रेस आधिकारिकता विवादसम्बन्धी दुवै मुद्दा २१ फागुनको प्रतिनिधिसभा निर्वाचनपछि मात्रै अघि बढ्ने निश्चितजस्तै भएको छ ।

प्रकाशित समय: मङ्गलबार २१ माघ, २०८२, २०:२०:१६
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०