अस्पताल बसाइपछि रवि लामिछाने सार्वजनिक जीवनमा पुनः सक्रिय हुने

नगेन्द्र खड्का
मङ्गलबार २१ माघ, २०८२
८ महिनाअघि

विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सामान्य चोटबाट सुरु भएको संक्रमणका कारण केही दिन अस्पतालमा उपचाररत रहेपछि पुनः सार्वजनिक जीवनमा फर्किएका छन्। स्वास्थ्यमा सुधार आएपछि उनले देशव्यापी रूपमा जनतासँग प्रत्यक्ष संवाद गर्ने घोषणा गरेका छन्।

सार्वजनिक सन्देशमार्फत लामिछानेले अब देशमा हुने घटनाहरू केवल क्षणिक नभई इतिहास बन्ने दाबी गरेका छन्। उनका अनुसार परिवर्तनको इतिहास नेपाली जनताले आफ्नै मतपत्रमार्फत लेख्नेछन्। “अब जे हुन्छ, त्यो घटना होइन—इतिहास हुनेछ,” उनले भनेका छन्।

Advertisement

उनले विगतमा दुईतिहाइको सरकारले आफूविरुद्ध गरेका कदमलाई ‘जबरजस्ती हालिएको विष’ को संज्ञा दिँदै देशभरका अदालत धाउँदै त्यसको प्रतिकार गरेको उल्लेख गरेका छन्। यद्यपि, अदालत यात्रा मात्र होइन, जनसमुदायसँग प्रत्यक्ष संवाद नै आफ्नो मुख्य उद्देश्य रहेको उनले स्पष्ट पारेका छन्।

लामिछानेले सिंहदरबार पुग्ने होइन, सिंहदरबार बदल्ने एजेन्डासहित जनताको मत मागेको बताएका छन्। “एकाध पुल, भवन र सडकका तस्वीर बेचेर गरिने कस्मेटिक सुधारमा मेरो रुचि छैन,” उनले भनेका छन्। कुशासनको केन्द्र बनेको सिंहदरबारबाट नै ‘निलो क्रान्ति’ सुरु गर्न स्पष्ट जनम्यान्डेट आवश्यक रहेको उनको भनाइ छ।

उनले वर्षौंअघिदेखि रोपिएको अस्थिरताको जरै नउखेलिएसम्म देशमा वास्तविक परिवर्तन सम्भव नभएको उल्लेख गर्दै, आफू थप त्याग र कठोर संघर्षका लागि तयार रहेको बताएका छन्। व्यक्तिगत भविष्यभन्दा देशको भविष्य प्राथमिकतामा रहेको उनको भनाइ छ।

भ्रष्टाचारविरुद्ध कडा अभिव्यक्ति दिँदै लामिछानेले रास्वपाको नीति, सिद्धान्त र दस्तावेज स्पष्ट रूपमा उपलब्ध रहेको र आलोचकहरूले त्यसको अध्ययन गर्नुपर्ने बताएका छन्। “भारी शब्द प्रयोग गरेर राजनीति जटिल बनाउनु आवश्यक छैन,” उनले उल्लेख गरेका छन्।

उनले लोकतान्त्रिक उपलब्धि जोगाउँदै सुशासन, विकास, कूटनीति र अर्थराजनीतिको नयाँ युग सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, जनमतबाट अस्वीकृत भइसकेको पुरानो संसदलाई कुनै पनि षड्यन्त्रमार्फत फर्काउने प्रयास स्वीकार्य नहुने चेतावनी दिएका छन्।

फागुन २१ लाई नेपाली इतिहासको महत्वपूर्ण माइलस्टोनको रूपमा व्याख्या गर्दै उनले उक्त मितिपछि आउने संसद नयाँ हुनुपर्ने धारणा राखेका छन्। “यति वर्षसम्म देश लुटेर बनेका आपराधिक गिरोहबाट अब देश मुक्त हुनेछ,” उनले भनेका छन्।

लामिछानेले देशको भविष्य लेख्ने जिम्मा प्रत्यक्ष रूपमा जनताको हातमा रहेको उल्लेख गर्दै परिवर्तनका लागि अन्तिम निर्णय मतपत्रमार्फत गर्ने आह्वान गरेका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०