मंगलबार नेप्से १२.५८ अंकले घट्यो, कारोबार रकम भने बढ्यो

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २१ माघ, २०८२
६ महिनाअघि

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.५८ अंकले घटेर २६८३.१५ विन्दुमा बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार सामान्य अंकले बढेको बजार यस दिन भने ओरालो लागेको हो।

यस दिन सेन्सेटिभ इण्डेक्स २.४५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९० अंकले घटेका छन्।

नेप्से घटे पनि कारोबार रकम भने सामान्य बढेको देखिएको छ। सोमबार ८ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ३२२ स्टकको ९२ हजार ३३८ पटकको कारोबारमा ८ अर्ब ६३ करोड १५ लाख रुपैयाँ बराबरको १ करोड ८७ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन कालिञ्चोक दर्शन लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य ८१ रुपैयाँले बढेर ८९१ रुपैयाँमा अन्तिम कारोबार भएको हो। त्यस्तै, एचएलआई लार्ज क्याप फण्डको इकाईमूल्य करिब १० प्रतिशतले बढेको छ भने मेगाल म्युचुअल फण्ड–१ र पञ्चकन्या माई हाइड्रोपावरको शेयरमूल्य पनि उल्लेख्य रूपमा बढेका छन्।

घट्ने पक्षमा सान्भि इनर्जी र पियोर इनर्जी परेका छन्, जसको शेयरमूल्य साढे ४ प्रतिशतभन्दा बढीले घटेको छ।

कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहँदै ५९ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ। त्यसपछि आँखु खोला जलविद्युत कम्पनीको ४१ करोड रुपैयाँभन्दा बढी र यूनियन हाइड्रोपावरको ३२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

१३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूह घटेका छन्। होटल तथा पर्यटन उपसमूह सर्वाधिक १.७९ प्रतिशतले बढेको छ। म्युचुअल फण्ड र उत्पादन तथा प्रशोधन उपसमूह पनि हरियालीमा रहे। वित्त उपसमूह भने सर्वाधिक १.०९ प्रतिशतले घटेको छ।

प्रकाशित समय: मङ्गलबार २१ माघ, २०८२, १५:३२:१४

सम्बन्धित खबर

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
३ दिनअघि

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ

बुधबार ६ साउन, २०८३
५ दिनअघि

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार

मङ्गलबार ५ साउन, २०८३
६ दिनअघि

कर तिर्नेलाई सरकारको उपहार : १०–१० लाख रुपैयाँ जित्ने अवसर

मङ्गलबार ५ साउन, २०८३
६ दिनअघि

प्रधानमन्त्री बालेनले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै

सोमबार ४ साउन, २०८३
७ दिनअघि

निर्यातमा सुधार भएपनि नेपालको व्यापार घाटा अझै १९ खर्ब माथि

शुक्रबार १ साउन, २०८३
१ हप्ताअघि
कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते
सोमबार ११ साउन, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने
आईतबार १० साउन, २०८३
प्रदेशमा सत्ता गठबन्धन जोगाउन कांग्रेसको पहल जारी
आईतबार १० साउन, २०८३
कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी आह्वान
आईतबार १० साउन, २०८३
भारतमा जस्तै नेपालमा पनि ‘पेपर लिक’, त्रिविको प्रश्नपत्र ६ मिनेटमै बाहिरिएपछि शिक्षा प्रणालीमाथि उठ्यो गम्भीर प्रश्न
आईतबार १० साउन, २०८३
किन स्थगित भयो गगन थापाको भारत भ्रमण?
आईतबार १० साउन, २०८३
इरानमाथि ठूलो हमला गर्ने तयारीबाट पछि हटे ट्रम्प, सेनालाई कारबाही रोक्न निर्देशन
आईतबार १० साउन, २०८३
गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढीमा
शनिवार ९ साउन, २०८३
प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको प्रतिबद्धता : ‘नो भोट’ र विदेशबाट मतदान व्यवस्था गर्ने
शनिवार ९ साउन, २०८३
इरानलाई हतियार नबेच्न रूस र चीनलाई ट्रम्पको चेतावनी
शनिवार ९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०