एमालेद्वारा दमकका १० वटै वडामा निर्वाचन परिचालन कार्यालय सञ्चालन

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १९ माघ, २०८२
८ महिनाअघि

दमक – नेकपा एमालेले झापा क्षेत्र नम्बर प्रतिनिधिसभा निर्वाचन परिचालन कमिटीअन्तर्गत दमक नगरपालिकाका १० वटै वडामा वडास्तरीय सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ।

कार्यालय सञ्चालनमा आएसँगै पार्टीका कार्यकर्ता मतदाताका घर–घर पुगेर एमालेलाई मतदान गर्न आग्रह गर्ने भएका छन्। यसअघि नै एमालेले विभिन्न भेला आयोजना गरी पार्टी अध्यक्ष तथा झापा–५ का उम्मेदवार केपी शर्मा ओलीको पक्षमा प्रचार–प्रसार सुरु गरिसकेको निर्वाचन परिचालन कमिटी संयोजक देवेन्द्र दाहालले जानकारी दिए।

Advertisement

दमक नगरपालिकाभित्रका सबै वडामा निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि ती कार्यालयमार्फत अघि बढाइने उनले बताए। आइतबारदेखि औपचारिक रूपमा सबै वडाका कार्यालय सञ्चालनमा ल्याइएको दाहालको भनाइ छ।

प्रत्येक वडामा वडा कमिटी संयोजकसहित सो वडाभित्र बसोबास गर्ने पार्टी केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला तथा नगर कमिटीका पदाधिकारी तथा सदस्यलाई जिम्मेवारी तोकिएको छ। साथै, जनसंगठनका पदाधिकारी, सदस्य, अगुवा कार्यकर्ता तथा विज्ञसमेत सहभागी भई दैनिक योजना तर्जुमा गरिने छ।

वडास्तरीय कार्यालयमार्फत घरदैलो कार्यक्रमलगायतका पार्टी गतिविधि सञ्चालन गरिने र टोल कमिटीलाई समेत सहजीकरण गरिने जनाइएको छ। यसअघि प्रत्येक वडामा कम्तीमा १५१ सदस्यीय र बढीमा ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन भइसकेको छ।

वडा सम्पर्क कार्यालय स्थापना भएसँगै त्यहाँ तयार गरिने योजनाका आधारमा सम्बन्धित क्षेत्रका सम्पूर्ण पार्टी गतिविधिको व्यवस्थापन गरिने संयोजक दाहालले बताए।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०