निर्वाचनमा आकाशे खेतीले जित्दैन, जनाधार चाहिन्छ : ओली

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १८ माघ, २०८२
७ महिनाअघि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा निर्वाचनमा देश बनाउने र देश जलाउने शक्तिबीच प्रतिस्पर्धा हुने बताएका छन्। आफू ‘देश बनाउने’ कित्तामा रहेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा देश हार्न नहुने जिकिर गरे।

शनिबार काठमाडौंको चाबहिलमा ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने,

‘तपाईंहरूले देशलाई विजयी बनाउनु हुनेछ। १६५ मध्ये एउटा ठाउँमा पनि देश हार्न हुँदैन।’

झापा क्षेत्र नम्बर ५ मा आफ्नो प्रतिस्पर्धी बालेन साहतर्फ संकेत गर्दै ओलीले ‘ठुटे सिङ लिएर सिङ्गौरी खेल्न आएको’ टिप्पणी गरे। बालेनको नाम नलिँदै उनले भने,

‘अण्डा दुई प्रकारका हुन्छन्— एउटा बतासे, एउटा साँच्चैको अण्डा। बतासे अण्डाबाट चल्ला निस्किँदैन।’

ओलीले आफ्ना प्रतिस्पर्धीहरूलाई लक्षित गर्दै थपे,

‘यी बतासका खेती गरिरहेका छन्। यिनीहरूसँग संगठन छैन, उद्देश्य छैन, विचार छैन। भोलि उठेर कहाँ जाने हो, आफैंलाई थाहा छैन।’

उनले अझ कडा शब्दमा आरोप लगाउँदै भने,

‘पुल्ठो झोस्न जान्ने, आगो बाल्न जान्ने, तोडफोड, आगजनी र लुटपाट गर्न जान्ने कामलाई क्रान्ति भनेर महिमामण्डन गरिएको छ।’

यस्ता गतिविधिप्रति प्रवाह नगर्न कार्यकर्तालाई आग्रह गर्दै ओलीले ती शक्तिको जनाधार नभएको दाबी गरे।

‘यी आकाशे खेती हुन्। धर्तीमा जनतासँग पुगेका छैनन्। मोबाइल भन्ने भाँडोबाट हल्ला मच्चाइएको छ,’ उनले भने।

ओलीले आफूहरू पनि प्रविधि प्रयोग गर्ने तर जनताका बीचमै रहेर देशका लागि काम गर्ने स्पष्ट पारे।

‘हामी देशलाई समृद्ध र सुरक्षित बनाउँछौं, जनतालाई सुखी बनाउँछौं। त्यो गन्तव्यबाट हामी बिचलित हुँदैनौं,’ उनले भने।

प्रकाशित समय: शनिवार १८ माघ, २०८२, १६:५४:०७
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०