मोरङको रंगेलीमा नक्कली नेपाली रुपैयाँ चलाएको आरोपमा दुई जना पक्राउ

नवीन भट्टराई
बिहिबार १६ माघ, २०८२
९ महिनाअघि

विराटनगर– मोरङको रंगेली नगरपालिका–२ बेतौनामा नक्कली नेपाली रुपैयाँ चलाएको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४५ वर्षीय सहमद हुसेन र ४३ वर्षीय महेन्द्र मेहता रहेका छन्।

प्रहरीका अनुसार हुसेनले माघ १३ गते साँझ बेतौनास्थित एक डिस्टिलरी पसलमा रेडबुल खरिद गर्दा एक हजार रुपैयाँको नक्कली नोट प्रयोग गरेका थिए। त्यसपछि उनले उज्जल ढकालको किराना पसलमा उधारो तिर्न अर्को हजारको नक्कली नोट दिएका थिए। नोट कागजजस्तो देखिएपछि पसलेहरूलाई शंका लागेर प्रहरीलाई खबर गरिएको थियो।

Advertisement

मोरङ प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा हुसेनले प्रयोग गर्दै आएको प्रदेश १–०१–००४ ह ०६३७ नम्बरको सिटी सफारीको सिटमुनि थप पाँच थान नक्कली नोट फेला परेको थियो। त्यसपछि हुसेनको बयानका आधारमा रंगेली–२ कमलझोडास्थित महेन्द्र मेहताको घरमा खानतलासी गर्दा थप नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ।

दुवै जनाको साथबाट जम्मा ९ हजार रुपैयाँ बराबरका नक्कली नेपाली नोट बरामद गरिएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय रंगेलीले थप अनुसन्धान गरिरहेको डीएसपी चौधरीले जानकारी दिए।

सीमावर्ती जिल्ला मोरङमा पछिल्लो समय नक्कली नोटका घटना बढ्दै गएका छन्। यसअघि काठमाडौँमा जुत्ता खरिदको क्रममा फेक करेन्सीको सञ्जालसम्म प्रहरी पुगेको थियो, जसमा नेपाल–भारत सीमापारबाट नक्कली नोट छापेर पठाउने समूहका मुख्य योजनाकार पक्राउ परेका थिए।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०