इटहरी । सुनसरीको इटहरीमा नौ वर्षीया बालिकामाथि यौन दुर्व्यहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका २० का २३ वर्षीय विप्लव राईलाई पक्राउ गरेको हो ।
बालिकालाई माघ ११ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय, इटहरीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि माघ ११ गते गिरफ्तार गरिएको डिएसपी सुवास हमालले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण इटहरी सामुदायिक अस्पतालमा माघ ११ गते गरिएको छ ।