बालेन्द्र साहविरुद्ध निर्वाचन आयोगमा उजुरी, घृणात्मक र भ्रामक अभिव्यक्तिको आरोप

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १३ माघ, २०८२
८ महिनाअघि

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका निवर्तमान प्रमुख बालेन्द्र साह (बालेन) विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ। धर्मराज तिमिल्सीनाले बालेनको अभिव्यक्ति घृणात्मक, भ्रामक र मानहानिकारक रहेको दाबी गर्दै यसले लोकतान्त्रिक निर्वाचन प्रक्रियामा नकारात्मक असर पार्ने आरोप लगाएका छन्।

सोमबार निर्वाचन आयोग, कान्तिपथमा दर्ता गराइएको उजुरीमा नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा प्रस्ताव गरेको पारदर्शी, बौद्धिक र तथ्यमा आधारित सार्वजनिक बहसको सन्दर्भ उल्लेख गर्दै बालेनले सामाजिक सञ्जालमार्फत गरेको टिप्पणी लोकतान्त्रिक बहसको मर्मविपरीत रहेको भनिएको छ।

Advertisement

उजुरीमा बालेनले प्रयोग गरेका ‘७६ जना बच्चाको हत्यारा’, ‘आतङ्कवादी’ र ‘देश जलाउने’ जस्ता शब्दहरू कुनै प्रमाण वा अदालतको निर्णयबिनै लगाइएका गम्भीर, तथ्यहीन तथा आपराधिक आरोप भएको दाबी गरिएको छ। यस्ता अभिव्यक्तिले व्यक्तिको सामाजिक प्रतिष्ठामा क्षति पुर्‍याउने, वैधानिक राजनीतिक दलप्रति जनघृणा फैलाउने तथा मतदाताको मानसिकता भ्रमित पार्ने खतरा रहेको उल्लेख गरिएको छ।

‘यस किसिमका गैरजिम्मेवार अभिव्यक्तिले निष्पक्ष, स्वतन्त्र र भयमुक्त निर्वाचन सम्पन्न गर्ने संवैधानिक उद्देश्यलाई कमजोर बनाउँछन्,’ उजुरीमा भनिएको छ, ‘यसले लोकतान्त्रिक बहसलाई नीति र विचारको तहबाट हिंसात्मक आरोप र अफवाहको तहमा झार्ने काम गर्छ।’

नेपालको संविधान, निर्वाचन आचारसंहिता तथा प्रचलित कानुनले निर्वाचन अवधिमा भ्रामक सूचना, घृणात्मक अभिव्यक्ति र अपुष्ट आरोपमार्फत मतदातालाई प्रभावित पार्न निषेध गरेको स्मरण गराउँदै उजुरीमा उक्त अभिव्यक्तिको तथ्यपरक छानबिन गरी आचारसंहिता विपरीत ठहर भए आवश्यक कारबाही गर्न माग गरिएको छ।

साथै, उजुरीमा महोत्तरीलगायतका क्षेत्रमा रास्वपाले चुनावी प्रचारका क्रममा भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको उल्लेख गर्दै उक्त विषय पनि निर्वाचन आचारसंहिता विपरीत भएको दाबी गरिएको छ। सो घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न निर्वाचन आयोगसँग माग गरिएको छ।

निवेदक तिमिल्सीनाले निर्वाचन अवधिमा घृणात्मक, भ्रामक र अपुष्ट आरोप नदोहोर्‍याउन स्पष्ट निर्देशन जारी गर्न तथा लोकतान्त्रिक बहसलाई तथ्य, नीति र कार्यक्रममै सीमित राख्ने वातावरण निर्माण गर्न आयोगसँग आग्रह गरेका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०