ओलीको स्टाटसमा बालेनको कडा कमेन्ट, आतङ्कवाद र हिंसाका घटनातर्फ संकेत गर्दै प्रतिवाद

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १२ माघ, २०८२
७ महिनाअघि

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा गरेको स्टाटसप्रति राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) ले कमेन्टमार्फत तीव्र प्रतिक्रिया जनाएका छन्।

ओलीले आगामी निर्वाचनमा देश बनाउने र देश जलाउने पक्षबीच प्रतिस्पर्धा हुने टिप्पणीसहित डिबेटका लागि तयार रहेको उल्लेख गरेपछि बालेनले सोही स्टाटसको कमेन्ट सेक्सनमा आफ्नो धारणा राखेका हुन्।

बालेनले कमेन्टमा लेखेका छन्, “आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता–कता छन् तपाईंहरूलाई नै थाहा थियो। तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो।”

उनले त्यसै कमेन्टमा थप लेख्दै प्रश्न गरेका छन्, “आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ?त्योपछि अरू कुरा गरौँला !”

बालेनले ७६ जना बालबालिकाको हत्या भएको घटनातर्फ संकेत गर्दै त्यससँग जोडिएका व्यक्ति तथा उनका मतियारसँग एउटै मञ्चमा उभिनु भनेको आफू पनि त्यसमा सामेल भएको अर्थ लाग्ने उल्लेख गरेका छन्।

बालेनको उक्त कमेन्ट सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आएको छ भने राजनीतिक वृत्तमा पनि यसबारे चर्चा सुरु भएको छ। निर्वाचनको माहोलसँगै नेताहरूबीच सामाजिक सञ्जालमै आरोप–प्रत्यारोप बढ्दै गएको देखिन्छ।

प्रकाशित समय: आईतबार १२ माघ, २०८२, ०९:३७:२३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०