देउवा समूह राष्ट्रिय भेलाको तयारीमा, निर्वाचनपछि रणनीति तय गर्ने तयारी

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ११ माघ, २०८२
८ महिनाअघि

काठमाडौं — नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले राष्ट्रिय भेलाको तयारी सुरु गरेको छ। विशेष महाधिवेशनबाट किनारा लागेको उक्त समूह ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनपछि भेला गर्ने तयारीमा जुटेको हो।

राष्ट्रिय भेलाको तयारीका लागि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहका नेताहरूसँग परामर्शमा छन्। खड्कासँग शनिबार भेट गरेका एक निवर्तमान केन्द्रीय सदस्यका अनुसार समूहले राष्ट्रिय भेलाको तयारी अघि बढाएको छ।

Advertisement

पुसमा सम्पन्न विशेष महाधिवेशनपछि विकसित पार्टीको आन्तरिक राजनीतिक अवस्था र त्यसअघिको परिस्थितिबारे समूहका नेता–कार्यकर्तालाई जानकारी गराउने तथा आगामी रणनीति तय गर्ने उद्देश्यले भेलाको तयारी भइरहेको उनले बताए।

‘राष्ट्रिय सभा निर्वाचनपछि भेला गर्ने भन्ने छ। आज बिहान कार्यवाहक सभापतिसँग कुरा भएको थियो,’ ती नेताले अनलाइनखबरसँग भने, ‘सबैलाई एउटा सन्देश त दिनुपर्‍यो।’

हालसम्म भेलाको मिति भने तय भइनसकेको उनले जानकारी दिए। ‘समय फिक्स भइसकेको अवस्था होइन,’ उनले भने, ‘कार्यवाहक सभापति परामर्शमै हुनुहुन्छ।’

विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिलाई देउवा समूहले अहिलेसम्म स्वीकार गरेको छैन। निर्वाचन आयोगले उक्त कार्यसमितिलाई आधिकारिकता दिएपछि देउवा समूह अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालत पुगेको थियो। तर, सर्वोच्च अदालतले देउवा समूहको पक्षमा अन्तरिम आदेश जारी गरेन।

न्यायाधीश सुनिल पोखरेलको इजलासले ६ माघमा निर्वाचन आयोगलाई कारणसहित १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन निर्देशन दिएको छ।

यसअघि विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुनुअघि, कार्यवाहक सभापति खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको थियो।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०