काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले हरिबोल गजुरेल सहित सात नेतालाई पार्टीबाट निष्काशन गरेको छ।
पार्टीले जनाएको छ, आगामी फागुन २१ गते हुने आमनिर्वाचनमा पार्टीको आधिकारिक निर्णय विपरीत उम्मेदवार बनेका र समर्थक बनेका व्यक्तिहरूलाई पार्टी विधानको दफा १०६ अनुसार कारबाही गरिएको हो।
निष्काशन हुने नेताहरूमा हरिबोल गजुरेल, महेश्वर दाहाल, कुलप्रसाद केसी, मेजर राई, धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहेका छन्।
