काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनका लागि दिएको उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्।
गोरखा–२ बाट उम्मेदवार बनेका भट्टराईले आज आफू निकटका नेताहरूसँग छलफल गरेपछि उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन्। उनको निर्णयसँगै गोरखा–२ को चुनावी समीकरणमा अचानक परिवर्तन आउने देखिएको छ।