साधारण गृहिणीबाट सफल उद्यमी

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ७ असोज, २०८२
१ वर्षअघि

झापा । बुद्धशान्ति गाउँपालिका–३ की तारादेवी अधिकारीले शीतला झोला उद्योग स्थापना गरी साधारण गृहिणीबाट सफल उद्यमी बन्न सफल भएकी छन्।
१२ वर्षअघि सिलाइकटाइ तालिमबाट सुरु भएको उनको यात्रा आज १८ महिलालाई पूर्णकालीन र १५ महिलालाई आंशिक रोजगारी दिने उद्योगमा परिणत भएको छ। ढाका, अल्लो जस्ता कच्चा पदार्थ प्रयोग गरी उत्पादन हुने झोला ५० रुपैयाँदेखि ३,५०० रुपैयाँसम्ममा बिक्री हुन्छ।
खर्च कटाएर वार्षिक करिब १५ लाख रुपैयाँ नाफा हुने उनको भनाइ छ। त्यही आम्दानीबाट उनले प्रगतिटोलमै तीनतले घर बनाइन् र भुइँतलामा उद्योग सञ्चालन गर्दै आएकी छन्। फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जाल र स्थानीय मेला–हाटमार्फत उनी उत्पादनको प्रचार–प्रसार गर्छिन्।
उनको आगामी योजना अझ ठूलो छ — नयाँ प्रविधि र आकर्षक डिजाइनमा लगानी गर्ने, साथै देशभर तालिम सञ्चालन गरेर अझ बढी महिलालाई रोजगारी सिर्जना गर्ने। तारादेवीले स्थानीय तह र सामुदायिक संस्थासँग सहकार्य गरेर झोला सिलाइ तालिम पनि दिँदै आएकी छिन्। तालिम पाएपछि महिलाहरूले आफ्नै क्षेत्रमा सानो स्तरमै झोला उत्पादन सुरु गर्ने अवसर पाएका छन्।
उनको उद्योगका उत्पादन झापा, इलाम, पाँचथर, ताप्लेजुङ हुँदै कञ्चनपुरसम्म पुग्छन्। वार्षिक करिब १५ लाख नाफा कमाउने यो उद्योगले महिलालाई सीप, रोजगारी र आत्मनिर्भरता दिलाएको छ।

Advertisement
प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०