तीन दिनको अन्तरालमा आमा-बुबाको निधन, नाबालिग छोरीले गरे काजकिरिया

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २० भदौ, २०८२
१ वर्षअघि

विराटनगर । गत भदौ ४ गते कुवेतमा मृत्यु भएका धनकुटाको महालक्ष्मी नगरपालिका–१ कटहरे, सिप्रिङका डम्बरबहादुर मगरको बिहीबार अन्त्येष्टि गरिएको छ ।

धनकुटाका महालक्ष्मी नगरपालिका–४, दमारस्थित अरुण नदी किनारमा अन्त्येष्टि गरिएको हो ।

Advertisement

मगरको शवलाई उनका दुई छोरीले दागबत्ती दिए । गत १३ गते महालक्ष्मी नगरपालिकाले मगरको शव नेपाल झिकाउन कागजात पठाएको थियो ।

श्रीमानको मृत्युको खबर सुनेर विद्या मगरको भदौ ७ गते मृत्यु भयो ।

पारिवारिक स्रोतका अनुसार कुवेतमा भएको विषाक्त मदिरा सेवनको घटनामा पर्नु भएको थियो । विषाक्त मदिरा सेवनबाट गम्भीर बिरामी परेका मगरको उपचारको क्रममा भदौ ४ गते मृत्यु भएको खबर आएको थियो ।

श्रीमानको मृत्युले विक्षिप्त बनेकी विद्या भदौ ७ गते एकाएक बेहोस भइन् ।

उपचारका लागि जितपुर नगर अस्पताल पु¥याउनसाथ अस्पतालले विद्यालाई मृत घोषित गरिदिएको विद्याका दाजु गणेश मगरले जानकारी दिए ।

छोरीहरूले सोही दिन दमारस्थित अरुण नदी किनारमा आमाको शवको अन्त्येष्टि गरेका थिए ।

मगर जातिको संस्कृति अनुसार उन छोरीहरूले सात दिन काममा बसेर १३ गते आमाको काम सकी बुवाको शव पर्खिएर बसेको स्थानीय पदम रखालले जानकारी दिए ।

उनीहरूले १२ दिनको अन्तरालमा आमा र बुवाको शवलाई दागबत्ती दिनुपरेको छ ।

कुवेतबाट बुधबार मगरको शव काठमाडौँ आइपुगेको र काठमाडौँबाट बिहीबार नै शव धनकुटा आइपुगेको महालक्ष्मी नगरपालिकाका रोजगार शाखा प्रमुख गौरव कार्कीले जानकारी दिए ।

डम्बर दुई वर्षअघि २०८० असारमा वैदेशिक रोजगारीमा कुवेत पुगेका थिए ।

श्रीमती विद्या भने धनकुटामै छोरीसँगै बस्दै आएकी थिइन् । मगर दम्पतीका तीन छोरी छन् ।

उनीहरू एक्कासि बाबुआमाविहीन बन्न पुगेका छन् । १६ वर्षीय जेठी छोरी विपना मगर धनकुटा सदरमुकामस्थित गोकुण्डेश्वर बालमन्दिरमा कक्षा १२ मा अध्ययनरत छिन् ।

माहिली छोरी १५ वर्षीय मञ्जु मगर पनि सोही विद्यालयमा कक्षा ११ मा अध्ययनरत छिन् ।

कान्छी छोरी समिता मगर दुई वर्षकी छिन् ।

श्रीमान्/श्रीमतीको तीन दिनको अन्तरालमा भएको मृत्युले परिवार आफन्त मात्र नभई गाउँ नै शोकाकुल भएको छ ।

सामान्य आर्थिक अवस्था रहेको मगर दम्पतीको मृत्युपछि छोराछोरीको लालनपालन र हेरचाहका लागि अहिले सहयोग सङ्कलन गर्ने काम भइरहेको स्थानीय विमला थापाले जानकारी दिइन् ।

माहिली छोरी १५ वर्षीय मञ्जु मगरको नाममा बैंकमा खाता खोलेर सहयोग संकलन सुरु गरिएको हो ।

महालक्ष्मी नगरपालिकाले बालबालिकाको शिक्षामा लाग्ने खर्च सबै पालिकाले बेहोर्ने जनाएको छ ।

मेयर ध्रुवराज रायका अनुसार पढाइ खर्चबाहेक अन्य सहयोग गर्न पालिका तत्पर रहेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
१३ घण्टाअघि

न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ

बिहिबार २९ असोज, २०८३
३ दिनअघि

बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु

आईतबार २५ असोज, २०८३
७ दिनअघि

७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०