घरेलु तथा साना उद्योग मोरङद्वारा नाम्जेमा पर्यटन प्रवर्द्धन कार्यक्रम

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १५ भदौ, २०८२
११ महिनाअघि

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले कोशी प्रदेशको पर्यटकीयस्थल धनकुटा जिल्लाको सागुरीगडी गाउँपालिका नाम्जेमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ ।

महिला उद्यम समिति मोरङसहितको बृहत बैठकसहित पर्यटन वर्ष २०८२ लाई सफल बनाउँन आन्तरिक पर्यटन प्रवर्द्धन गरौँ भन्ने नाराका साथ महासंघले भदौ १३ र १४ गते पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो ।

Advertisement

महासंघका अध्यक्ष चेतनाथ निरौलाको अध्यक्षतामा सम्पन्न बैठकमा संस्थाले आर्थिक वर्ष ०८१/०८२ मा गरेका कार्यक्रमहरू र संस्थाको भावी कार्ययोजनासहितको प्रगति प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

संस्थाका महासचिव उत्तम श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गर्दा आर्थिक प्रतिवेदन भने कोषाध्यक्ष सोमी भगत चौलागाईंले प्रस्तुत गरेकी थिइन् ।

महिला उद्यम समितिको आर्थिक प्रगति प्रतिवेदन भने महिला उद्यम समितिकी अध्यक्ष अम्बिता भण्डारीले प्रस्तुत गरेकी थिइन् ।

महासंघलाई स्वायत्त संस्थाको रूपमा अगाडि बढाउने उद्देश्यका साथ संस्थाको विधान मस्यौदाबारे उपाध्यक्ष चन्द्रप्रसाद अधिकारीले प्रस्तुत गरेका थिए ।

बैठकमा प्रस्तुत गरिएका प्रतिवेदन तथा विधान मस्यौदामाथि संस्थाका कार्यसमिति सदस्य तथा पदाधिकारीहरूले आआफ्नो विचार राखेका थिए ।

संयुक्त संस्था निर्माणको लागि प्रस्तुत गरिएको विधान मस्यौदामा संस्थाका सल्लाहकार जयकुमार अग्रवाल तथा सल्लाहकार डाक्टर मोहन सुवेदीले आफ्नो धारणा राखेका थिए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका सल्लाहकार तथा कोशी प्रदेश मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डाक्टर मोहन सुवेदीले संस्थाले यस क्षेत्रका घरेलु तथा साना उद्यमीहरूको उत्पादनलाई प्रवर्धन गर्दै बजारीकरण गर्नको लागि ड्रिम प्रोजेक्टको रूपमा अगाडि बढाएको प्रदेश स्तरीय कोसेली घर निर्माणको योजना सफल बनाएरै छाड्ने जनाउँदै यसको लागि आफूले पहल गरिरहेको जानकारी गराए ।

देशको आर्थिक मेरुदण्डको रूपमा रहेको साना तथा घरेलु उद्यमीहरु समाज र सरकारको नजरमा स्थापित हुन नसकेकोमा दुःख व्यक्त गरे ।

यति धेरै सदस्यहरू रहेको संस्था ब्रान्डिङ गर्न आवश्यक रहेको जनाउँदै कार्यसमितिलाई संस्था ब्रान्डिङको लागि पहल गर्न पनि सुझाव दिए ।

क्रोशी प्रदेश सरकारका मुख्यमन्त्री हिकमत कार्की स्वयं पनि साना तथा घरेलु उद्यमीहरूको स्तर उन्नति गर्दै साना तथा घरेलु उद्यमीहरूलाई स्थापित गर्ने कार्यमा लागिरहनुभएको समेत सुवेदीले जनाए ।

सोही अनुरुप प्रदेश सरकारले उदय परियोजना सञ्चालन गरेको समेत जानकारी गराए ।

पर्यटन वर्ष २०८२ लाई सफल बनाउन नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले आन्तरिक पर्यटन प्रवर्धन गर्नको निमित्त कोशी प्रदेशको पर्यटकीय स्थल धनकुटा जिल्ला गरेको यस कार्यक्रमले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने समेत जानकारी गराए ।

पर्यटन प्रवर्धन गर्नको लागि साना तथा घरेलु उद्यमीहरू बाट उत्पादित हस्तकला सामग्री स्थानीय कच्चापदार्थद्वारा निर्मित सामग्रीहरू साथै स्थानीय कृषि उत्पादनहरूको महत्त्वपूर्ण भूमिका रहने भएको हुँदा पर्यटन र घरेलु उद्यम एकअर्काका परिपूरक रहेको समेत जानकारी गराए ।

कार्यक्रममा महिला उद्यम समितिकी निवर्तमान अध्यक्ष सुनिता छाराहाङ, महासङ्घका वरिष्ठ उपाध्यक्ष विजयकुमार रायले समेत आफ्नो धारणा राखेका थिए भने उपस्थित महानुभावहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।कार्यक्रममा महिला उद्यम समितिले संचालन गरेकोे तिजमा सीप कार्यक्रममा संचालित तालिमका प्रशिक्षकहरु सुमी भगत चाैलागाई र मालति आचार्य लेटाङ नगरपालिकामा संचालित हर्पिक, फिनेल बनाउने तीन दिने तालिमको ब्यबस्थापनमा महत्त्वपूर्ण सहयोग गर्ने महासंघका महासचिव उत्तम श्रेष्ठ र नगर महासंघ लेटाङ अध्यक्ष डिल्लीराम जमरकटेल लाई मायाको चिनाे समेत प्रदान गरिएको थियोे ।

संस्थाको संयुक्त बैठक तथा आन्तरिक पर्यटन प्रवर्धन कार्यक्रममा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरु प्रति साथै बोर्ड पदाधिकारीहरु कार्यसमिति सदस्यहरु प्रति आभार व्यक्त गर्दै संस्थाले आगामी दिनमा पनि साना तथा घरेलु उदमीहरूको उत्पादनको बजारीकरणको लागि खेल्नुपर्ने भूमिका निरन्तर खेल्ने जानकारी गराउँदै संघका अध्यक्ष चेतनाथ निरौलाज्यूले कार्यक्रम समापन गरेका थिए ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

मिडिया हाउसअघि शंकास्पद गाडी राखिएको घटनाप्रति रास्वपाको आपत्ति, निष्पक्ष छानबिन र कारबाहीको माग

सोमबार २९ असार, २०८३
२ घण्टाअघि

नारायणगढ–मुग्लिन सडकमा अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

सोमबार २९ असार, २०८३
४ घण्टाअघि

कांग्रेसका सभापतिको घरअगाडि पनि बिहानैदेखि तेर्स्याइयो गाडी

सोमबार २९ असार, २०८३
५ घण्टाअघि

गणेश नेपालीको परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता, अनुसन्धान सुरु हुने

सोमबार २९ असार, २०८३
६ घण्टाअघि

बैंककको बारमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु

सोमबार २९ असार, २०८३
८ घण्टाअघि

नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक माइग्रेसन

सोमबार २९ असार, २०८३
९ घण्टाअघि
मिडिया हाउसअघि शंकास्पद गाडी राखिएको घटनाप्रति रास्वपाको आपत्ति, निष्पक्ष छानबिन र कारबाहीको माग
सोमबार २९ असार, २०८३
नारायणगढ–मुग्लिन सडकमा अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह
सोमबार २९ असार, २०८३
कांग्रेसका सभापतिको घरअगाडि पनि बिहानैदेखि तेर्स्याइयो गाडी
सोमबार २९ असार, २०८३
गणेश नेपालीको परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता, अनुसन्धान सुरु हुने
सोमबार २९ असार, २०८३
बैंककको बारमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु
सोमबार २९ असार, २०८३
नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक माइग्रेसन
सोमबार २९ असार, २०८३
विराटनगरमा पौडी खेल्ने क्रममा पैनीमा डुबेर बालकको मृत्यु
सोमबार २९ असार, २०८३
मोरङको केराबारीमा सुतिरहेकै अवस्थामा मृत भेटिइन् वृद्धा
सोमबार २९ असार, २०८३
देशका विभिन्न जिल्लाका स-साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम
सोमबार २९ असार, २०८३
गणेश नेपाली मृत्यु प्रकरणमा सरकारसँग ९ बुँदे सहमति
आईतबार २८ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०