विराटनगरमा डा. साहको ‘गर्भको गर्व’ पुस्तकमाथि संवाद

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १४ भदौ, २०८२
१० महिनाअघि

विराटनगर । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साहद्वारा लिखित गैरआख्यान ‘गर्भको गर्व’ माथि विराटनगरमा संवाद कार्यक्रम सम्पन्न भएको छ । हाम्रोमत दैनिकको आयोजनामा भएको यस कार्यक्रममा डा. साहको गहन कृतिमाथि शनिबार विस्तृत छलफल गरियो ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजु कुमार थपलियाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बोल्दै उनले ‘गर्भको गर्व’ लाई एक अत्यन्तै पठनीय र महत्वपूर्ण कृति भएको बताए । उनले डा. साहले आफ्नो लामो पेसागत अनुभवका क्रममा देखेका र भोगेका यथार्थपरक घटनाहरूलाई पुस्तकमा जीवन्त रूपमा प्रस्तुत गरेकोमा प्रशंसा गरे । प्रा.डा. थपलियाले आफ्नी आमाले पनि यो पुस्तक अध्ययन गरिरहेको जानकारी गराउँदै यसको महत्वमाथि प्रकाश पारे ।

पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकारहरू हरि बराल, हरि कट्टेल र दिनेश श्रेष्ठले ‘गर्भको गर्व’ मा उल्लेखित कतिपय पात्र र प्रसंगहरू वास्तविक घटनामा आधारित रहेको बताए । उनीहरूले पुस्तकले महिलाले गर्भावस्थामा भोग्नुपर्ने अनेकन जटिलता, उमेरको अपरिपक्वतामा गरिने विवाह, जन्मान्तर कम हुँदाको समस्या, र छोराको चाहनामा एक नारीले ज्यानको बाजी लगाउनुपर्ने जस्ता संवेदनशील विषयहरूलाई सशक्त रूपमा उजागर गरेको उल्लेख गरे । पुस्तकमा प्रस्तुत प्रत्येक कथाको अन्त्यमा त्यससँग सम्बन्धित रोग एवं समस्याबारे विस्तृत जानकारी दिइएको पक्षलाई टिप्पणीकारहरूले विशेष रूपमा प्रशंसा गरे ।

कार्यक्रममा साहित्यकार तथा पत्रकार मिनकुमार नवदीत, साहित्यकार दिनेश सुवेदी, र प्रतिमा निरौलाले शुभकामना मन्तव्य राखेका थिए । उनीहरूले डा. साहको यस कार्यको सराहना गर्दै यस्ता कृतिहरूले समाजमा चेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा बोल्दै लेखक डा. बालकृष्ण साहले आफूले आफ्नो पेसाका क्रममा देखेका वास्तविक घटनाहरूलाई नै पुस्तकमा उतारेको बताए । उनले आगामी दिनमा पनि यसरी नै साथ र सहयोग पाएमा थप कृतिहरू बजारमा ल्याउने प्रतिबद्धता व्यक्त गरे । सोही अवसरमा हाम्रोमत दैनिकले लेखक डा. साहलाई सम्मानसमेत गरेको थियो ।

पत्रकार अनिल श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता हाम्रोमत दैनिकका सम्पादक अर्जुन आचार्यले गरेका थिए । समापन मन्तव्य राख्दै सम्पादक आचार्यले हाम्रोमत दैनिकले सधैँ साहित्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । ‘गर्भको गर्व’ ले नेपाली समाजमा गर्भावस्था र महिला स्वास्थ्यसम्बन्धी महत्वपूर्ण बहस सिर्जना गर्ने उनले बताए । सम्पादक आचार्यले आगामी दिनमा पनि यस्तै साहित्य कार्यक्रमहरूलाई हाम्रोमतले प्राथामिकता दिएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

साहित्यपोस्टले प्रकाशन गरेको ‘गर्भको गर्व’ गैरआख्यान विधाको पुस्तक हो, जसमा ९ वटा कथाहरू समेटिएका छन् । यी कथाहरू विशेषगरी महिलाले गर्भावस्थामा भोग्नुपर्ने विभिन्न जटिलताहरूमा केन्द्रित छन् । ‘छोरी किन भएछु’, ‘चेलीका पीडा’, ‘प्रीतिको जित’, ‘रगतको जात’, ‘छोरीको माइती’, ‘त्यो लडाइँ’ जस्ता मार्मिक शीर्षकका कथाहरू यस पुस्तकमा पढ्न पाइन्छ । हरेक नारीको गर्भावस्थाको अनुभव फरक हुने र त्यसले ल्याउने जटिलता पनि उस्तै नहुने यथार्थलाई पुस्तकले गहन रूपमा प्रस्तुत गरेको छ ।
डा. साहको यो दोस्रो पुस्तक हो । यसअघि उनले सुरक्षित मातृत्वसम्बन्धी ‘आमा’ शीर्षकमा एक महत्त्वपूर्ण पुस्तक लेखेका थिए ।

प्रकाशित समय: शनिवार १४ भदौ, २०८२, १९:५९:२४
अमेरिका–इरान शान्ति सम्झौता स्थगित, वार्ता अब प्राविधिक तहमा केन्द्रित
शुक्रबार ५ असार, २०८३
दुहवी नगरपालिकाले ल्यायो ९७ करोड ६६ लाख रुपैयाँको बजेट
बिहिबार ४ असार, २०८३
दोस्रो सगरमाथा संवाद-२०२७ मेमा हुने
बिहिबार ४ असार, २०८३
कृष्ण बहादुर महराले छाडे पार्टी
बिहिबार ४ असार, २०८३
आरजुलाई तीन दिनभित्र बयान दिन आउन अख्तियारले काट्यो चिठी
बिहिबार ४ असार, २०८३
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
बिहिबार ४ असार, २०८३
ई-पासपोर्ट खरिद प्रकरणमा बयानका लागि जर्मन कम्पनीको प्रतिनिधिलाई बोलाइयो
बिहिबार ४ असार, २०८३
मनसुन विपदमा जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ
बिहिबार ४ असार, २०८३
मडेइरादेखि विश्व फुटबलको शिखरसम्म रोनाल्डोको यात्रा
बिहिबार ४ असार, २०८३
रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता
बिहिबार ४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०