सप्तरीमा एक सातायता पाँच महिला र तीन पुरुष गरी आठ जनाको शव फेला

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ९ भदौ, २०८२
१ वर्षअघि

सप्तरी । सप्तरीमा एक हप्तायता पाँच महिला र तीन पुरूष गरी सात जनाको शव फेला परेको छ ।

जिल्लामा १ गते देखि ८ गतेसम्म ८ जनाको शव फेला परेको जिल्ला प्रहरी सप्तरीका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।

Advertisement

पछिल्लो पटक कञ्चनरूप नगरपालिका –७ धरमपुरस्थित पेट्रोलपम्प नजिक आइतबार राति अन्दाजी ४० देखि ४५ वर्षीया महिलाको शव फेला परेको छ ।

सोही दिन सोही नगरपालिका –६ घोघनपुरस्थित चन्द्रनहरमा डुबेको अवस्थामा एक पुरुष मृत फेला परेका थिए ।

स्थानीय ४६ वर्षीय सत्रुधन सदा आइतबार दिउँसो नुहाउने क्रममा नहरमा डुबेर मृत अवस्थामा फेला परेका थिए ।

त्यसअघि तिलाठी कोइलाडी गाउँपालिकामा खेतमा धान गोड्ने क्रममा लडेर एक वृद्ध महिलाको मृत्यु भएको थियो ।

गाउँपालिका ६ बभनगामा घर भएकी ६५ वर्षीया पवनदेवी यादवको खेतमै धान गोड्ने क्रममा लडेर मृत्यु भएको अवस्थामा शव भेटिएको थियो ।

भदौ ४ गते शम्भुनाथ नगरपालिका –६ लतियाहीकी भिलु चौधरीको छोरी अन्दाजी ३२ वर्षीया रामकुमारी चौधरी मृत अवस्थामा फेला परेकी थिइन् ।

सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका –२ चाँदनी चौकमा भदौ २ गते खेतमा खनेको खाल्डोको पानीमा डुबेर एक वृद्वाको शव फेला परेको थियो ।

सितापुरका लालु सदाकी पत्नी ७२ वर्षिया सजनी सदाको खेतमा खनेको खाल्डोमा डुवेको अवस्था शव फेला परेको थियो ।

सप्तरीको कञ्चनरुप नगरपालिका –५ पिपरामा शनिबार राति करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु भएको अवस्थामा शव फेला परेको थियो ।

कञ्चनरुप –५ पिपराका ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया श्रीमती विमलादेवी सरदार करेन्ट लागेर मृत अवस्थामा फेला परेकी थिइन् ।

सप्तरीको तिरहुत गाउँपालिका –४ डिमनमा भदौ १ गते सुनसरी दुहवी नगरपालिका ११ तन्मुनाका अन्दाजी ५० वर्षीय जगदीश मेहता झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।

मेहता बस्दैआएको घरदेखि नजिकै रहेको सजिवनको रुखको हाँगामा गम्छाको पासो लगाई मृत अवस्थामा फेला परेका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
१३ घण्टाअघि

न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ

बिहिबार २९ असोज, २०८३
३ दिनअघि

बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु

आईतबार २५ असोज, २०८३
७ दिनअघि

७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०