भैँसीलाई मन्त्र फुकेर बिरामी बनाइदिएको भन्दै बोक्सी आरोप लगाएर कुटपिट, प्रहरीले उजुरी नलिएको गुनासो

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ५ भदौ, २०८२
१ वर्षअघि

इटहरी । सुनसरीमा भैँसीलाई मन्त्र फुकेर बिरामी बनाइदिएको भन्दै बोक्सी आरोप लगाएर ३६ वर्षीया महिलामाथि कुटपिट भएको  छ ।

‘बोक्सी’ आरोपमा ती महिलालाई साउन ३१ गते कुटपिट भएको थियो । तर, घटनाका आरोपितविरुद्ध प्रहरीले उजुरी नलिएको पीडित पक्षले गुनासो गरेको छ ।

Advertisement

कुटपिट घटनामा संलग्नहरुविरुद्ध भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिदाँ प्रहरीले उजुरी नलिएको पीडित पक्षले गुनासो गरेको हो ।

भैँसीलाई मन्त्र फुकेर बिरामी बनाइदिएको भन्दै बोक्सी आरोप लगाएर कुटपिट गर्ने गढी गाउँपालिका–६ की २५ वर्षीया पिंकीदेवी यादव, ३० वर्षीय जयकुमार विराजी, ६० वर्षीय उपेन्द्र विराजी, ५५ वर्षीया लिलियादेवी यादव र २० वर्षीया पुजाकुमारी यादवविरुद्ध पीडितले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

तर, प्रहरीले घटनाका आरोपितविरुद्धको उजुरी दर्ता नगरेको पीडित पक्षको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका इन्स्पेक्टर दिनेश अधिकारीले घटनाका बारेमा बुझ्दा बोक्सी आरोपमा कुटपिट नभएको र घरायसी झगडा भएकाले घटना बुझेपछि मात्र कानुनी कारबाही अघि बढ्ने बताए ।

कुटपिटबाट घाइते महिलाको साउन ३१ गते गढी गाउँपालिका–६ मझौलास्थित एक निजी क्लिनिकमा उपचार गरिएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०